विजय परिवारको संयुक्त बनभोज कार्यक्रम अन्तगर्तको नृत्य प्रतियोगितामा विजय एफएम प्रथम

0


गैँडाकोट, १३ माघ । विजय परिवारको संयुक्त बनभोज कार्यक्रम अन्तगर्तको नृत्य प्रतियोगितामा विजय एफएम प्रथम भएको छ । नारायणी सामुदायिक बन गैंडाकोट ९ थुम्सीमा भएको प्रतियोगितामा प्रथम हुन सफल भएको हो । प्रतियोगितामा विकू बचत तथा ऋण सहकारी संस्था लि दोश्रो भएको थियो भने विजय लघुवित्त वित्तिय संस्थाले तेश्रो स्थान हासिल गरेको थियो । विजय सामुदायिक शिक्षा सदन र विजय विकास श्रोत केन्द्रले सान्त्वना स्थान हासिल गरेका थिए । विजयी टिमलाई क्रमश ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सान्त्वना टिमलाई प्रोत्साहन स्वरुप १÷१ हजार प्रदान गरिएको थियो । विजयी टिमलाई गैंडाकोट नगरपालिकाकी उप प्रमुख विष्णुकुमारी कंडेल, तत्कालिन विजय युवा क्लबका सांगितिक संयोजक प्रेम अकेला, विकू बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष केशबप्रसाद सापकोटा, विजय विकास श्रोत केन्द्रका उत्प्रेरक समाजसेवी तीलकप्रसाद सापकोटाले पुरस्कार प्रदान गर्नुभएको थियो । विजय परिवार अन्तगर्त विभिन्न ७ वटा संस्था रहेका छन् । विजय विकास श्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि., विजय सामुदायिक शिक्षा सहकारी संस्था लि., विजय लघुवित्त वित्तिय संस्था, विजय कन्सल्टिङ प्रालि र विजय फाउण्डेशन नेपाल रहेका छन् । विजय परिवारका संस्था अन्तगर्तका कार्यसमिति तथा कर्मचारी विचको परिचयात्मक तथा सौहार्दताका लागि बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

Share.

Leave A Reply