विजय परिवारका सदस्यद्धारा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

0


गैँडाकोट, १ पौष ।   गैँडाकोट ७ को खले चौरको जनकल्याण बाल विकास केन्द्रका २० जना बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ । विजय परिवार भित्रका सदस्यहरुको व्यक्तिगत सहयोगबाट सो कार्यक्रम गरिएको हो ।

 

सो कार्यक्रममा नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठी, विकूका अध्यक्ष केशवप्रसाद सापकोटा, नारायणी माविका प्रअ मिलन श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमराज सापकोटा, विकूका कार्यकारी प्रमुख माधवप्रसाद पौडेल, गैँडाकोट वडा नं. ७ का नगर सदस्य ईश्वरीप्रसाद चापागाईं लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

सो कार्यक्रममा गैँडाकोट ८ निवाशी प्रेमप्रसाद सापकोटा राजुले उक्त समुदायका तीन जना बालबालिकालाई तीन शैक्षिक सत्रसम्म पढाउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।सापकोटाले २ देखि ५ वर्ष उमेर समूहका  बालबालिकालाई निशुल्क अध्ययन गराउने बताउनुभयो ।

कार्यक्रमको समन्वय वीरभद्र सापकोटाले गर्नुभएको थियो । जनकल्याण बाल विकास केन्द्रका अध्यक्ष अमरबहादुर कुमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply