विजय खबर पत्रिका चौँथो वर्षमा प्रवेश

0

गैँडाकोट, २४ कार्तिक । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित विजय खबर पत्रिका चौँथो वर्षमा प्रवेश गरेको छ ।

यस पत्रिकाको गरिमामय चाँैथो वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष गोपीनाथ खरेलले सम्पूर्ण पाठक, संचालक, कर्मचारी तथा शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

वि.सं. २०७२ साल कार्तिक २४ गतेबाट विजय खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ ।

नेपालको संविधान २०७२ जारी भई नयाँ नेपालको रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालिन समयमा विजय खबरले विजयको सन्देश लिएर आएको थियो ।

समाजमा व्याप्त कुरिती, भ्रष्टाचार, ब्यथिति, असमानतामाथि विजय हासिल गर्न अभियानका साथ प्रकाशित विजय खबरले सुशासन र स्थानीय विकासलाई प्राथमिकता दिदै आएको अध्यक्ष गोपीनाथ खरेलले बताउनुभएको छ ।

तेस्रो वर्ष पार गरी चौँथो वर्ष प्रवेश गरेको विजय खबरले यहाँसम्म आइपुग्दा सकरात्मक सामाजिक परिवर्तनकालागि सहयोग पुर्याउँदै आएको विजय खबर पत्रिका सम्पादक श्रीधर उपाध्यायले बताउनुभयो ।

सम्पादक उपाध्यायका अनुसार यस खबर पत्रिकाले सामाजिक गातिविधि, विकास र सुशासन, वित्तिय साक्षरता, स्वास्थ्य र शिक्षा, वातावरण संरक्षण लगायतका विषयलाई कभरेज दिदै आएको छ ।

प्राथमिकताका साथ समाजमा परिवर्तनकालागि पुलको काम गर्दै आएको सम्पादक उपाध्यायको भनाइ रहेको छ ।

विजय खबर पत्रिका संचालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभाले पत्रिकाको गुणस्तरीयता अभिवृद्धिका लागि थप कार्यक्रम समेत अघि बढाएको छ ।

साधारण सभाले यही आर्थिक वर्ष भित्र पत्रिकालाई रंगीन तथा आकार वृद्धि गर्ने योजना अघि सारेको संस्थाका सचिव नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

चितवन तथा नवलपरासीमा पत्रिका वितरण हुँदै आएको छ । यस पत्रिकाका ब्लग मार्फत अन्य स्थानका पाठकले समेत अध्ययन गर्दै आएका छन् ।

पत्रिकाको स्तरउन्नतीका लागि कार्यक्रम अनुसारको बजेट पनि विनियोजन गरिएको हुँदा यस पत्रिकाको गुणस्तरीय वृद्धिहुने संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेले बताउनुभएको छ । पत्रिका ८ पृष्ठको प्रकाशन हुँदै आएको छ ।

Share.

Leave A Reply