विजय एफएम तथा विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्री सम्मानित

0

गैँडाकोट, २८ असार । विजय एफएम १०१.६ का कार्यक्रम संयोजक तथा विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीलाई हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) ले सम्मान गरेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धी मुलक बनाउन राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका मार्फत समाचार, लेख, रचना प्रकाशन तथा प्रसारण गरी सुचना सम्प्रेषण गरे वापत पत्रकार क्षेत्रीलाई नगद ४ हजार सहित सम्मान गरिएको हो । सुरक्षित आप्रवासन परियोजना सामी र ईलाका प्रशासन कार्यालय कावासोती विच समन्वायत्मक बैठकमा ईलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख भरतकुमार वुढाथोकीले सम्मान गर्नुभएको हो । पत्रकार क्षेत्रीसँगै लक्ष्मी प्रसाद पंगेनी, ज्ञानु पंगेनी र रामकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वुढाथोकीले सकेसम्म विदेश पलायन हुनबाट रोकेर स्वदेशमै केही गर्ने बतावरण तयार गर्नुपर्ने बताउनुभयो । कोही गईहाले पनि सहि सुचना र सिप लिएर मात्रै जान अनुरोध गर्नुभयो । उहाँले आएको रेमिट्यान्सको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक सुरविर स्थापितले वैदेशिक रोजगारका क्रममा हुने ठगी तथा अनियमितता रोक्न सवै चनाखो हुनुपर्ने बताउनुभयो । स्थापितले प्रहरी प्रशासनले गर्ने सानो सहयोगले पनि वैदेशिक रोजगारीका क्षेत्रमा हुने विकृती रोक्न सफल हुने बताउनुभयो । फेलोसिप छनौट समितीका संयोजक पत्रकार विरेन्द्र पराजुलीले यसले लेखनकार्यमा थप उत्साह थप्ने बताउनुभयो । सो अवसरमा सुरक्षित आप्रवासन परियोजना संयोजक रितुराम सोतीले करिब ५ करोड क्षतिपुर्ती दिलाउन सफल भएको जानकारी दिनुभयो ।
सोतीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित बनाउन विभिन्न ५ तरिकाले काम गरिरहेका बताउनुभयो । नवलपरासीको नवलपुर क्षेत्रमा मात्रै सन् २०१४ देखी हालसम्म वैदेशिक रोजगारीका क्रममा ९०५ वटा भन्दा वढि समस्या आईपरेको हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले जनाएको छ । ति मध्ये ५२२ केशहरु समाधान भएको हिकोडेफले जनाएको छ । आर्थिक वर्ष २०७३–०४७ मा मात्रै १९१ केश दर्ता भएका छन् । ति मध्ये ६५ वटा समाधान भएका छन् । अन्य प्रक्रियामै रहेका छन् । सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सञ्चालित सुचना तथा परामर्श केन्द्रबाट प्रत्यक्ष रुपमा १८ हजार ५ सय ६३ जना व्यक्तिले वैदेशिक रोजगारी सम्बन्धी महत्वपुर्ण सुचनाको बारेमा जानकारी पाएका छन् ।

Share.

Leave A Reply