नमुना ग्राम सञ्चार अभियान घोषणा

0


विजय एफएम १०१.६ मंगलबारदेखि गौरवमय १५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा एफएमले गैंडाकोट ३ ढाडेनीमा नमुना ग्राम सञ्चार अभियान घोषणा तथा वार्षिकोत्सव विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा विजय एफएम तथा विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपिनाथ खरेलले गैंडाकोट ३ लाई नमुना ग्राम सञ्चार अभियानको घोषणा गर्नुभयो ।
सहकार्य पत्रमा विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपिनाथ खरेल र गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले हस्ताक्षर गर्नुभएको थियो । एकवर्ष सम्म निरन्तर समस्या उजागर गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विकासमा भुमिका निर्वाह गर्ने खरेलले बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका उप प्रमुख विष्णुकुमारी कंडेलेले विजय एफएमले एउटा वडालाई समुन्नत वडा बनाउने गरि अभियानको थालनी गरेको भन्दै प्रंशसा गर्नुभयो ।
अभियानको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले सामाजिक विकासमा सहयोग पु¥याउनु, समुदायको सुचनामा पहुँच वृद्धि गरि शसक्तिकरण गर्नु, एफएमको सकरात्मक पाटो रहेको बताउनुभयो । उहाँले यस्ता सामाजिक कार्यमा नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले एफएमले वडा नम्बर ३ लाई छनोट गरेकोप्रति आभार व्यक्त गर्दै वडाका तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो । साथै उहाँले यो अभियानमार्फत वडाको विकासका लागि भुमिका खेलिदिन आग्रह गर्नुभयो ।
गैंडाकोट नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले भौतीक समस्या मात्रै नभई एकपछि अर्को समस्या समाधान तर्फ विस्तारै पहल गर्नुपर्ने बताउनुभयो ।
प्रर्वधकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले विजय विकास स्रोत केन्द्रले सामाजिक विकासमा भुमिका निर्वाह गरोस भन्ने हेतुले खोलिएको रेडियोले सार्थकता पाउँदै गएको बताउनुभयो ।
विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटाले समस्या समाधानका लागि सञ्चारको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।
विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष ईन्द्रराजज्योती पौडेलले मंगलबार गरिएको मंगलकार्यले सार्थक पाउने विश्वास व्यक्त गर्नुभयो ।
विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले अभियानले विकासमा सहयोगी भुमिका खेल्ने बताउनुभयो ।
देउराली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष ठाकुरप्रसाद रिमालले सञ्चार अभियानले बन क्षेत्रको समस्या समाधानमा सहयोग पु¥याउन अपेक्षा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
श्रीकृष्णगण्डकी मावीका अध्यक्ष सुर्यनाथ तिवारी नमुना सञ्चार अभियानले विद्यालयको स्तरउन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष धनबहादुर चितौरेले एफएमले ढोडेनीमा रहेका विभिन्न समस्या उजागर गरेर समस्या समाधान गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
विजय एफएमका सहायक स्टेशन म्यानेजर श्रीधर उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण एफएमका कार्यक्रम संयोजक तथा समाचार प्रमुख प्रेम क्षेत्रीले गर्नुभएको थियो ।
यसअघि वार्षिकोत्सवका कार्यक्रमअन्तर्गत ‘स्थानीय तहको समृद्धि र मिडियाको भूमिका’ विषयक गैंडाकोटका १८ वटै वडामा वडा जनप्रतिनिधिसँग विशेष अन्तरक्रिया, दुग्ध सहकारी तथा दुग्ध व्यवसायीबीच अन्तरक्रिया, उद्योगी व्यवसायीबीच अन्तरक्रिया सम्पन्न गरेको छ ।
‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो । एफएमले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत १४ वर्षदेखि अनवरतरुपमा रेडियो तरङ्गमार्फत सेवा पु¥याउँदै आएको छ ।
यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुबै माध्यमबाट समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैंगिक हिसांको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्तरुपमा अविचलित भई सशक्तरुपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ । डेढ दशकको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रुपमा काम गर्दै आएको छ  ।

Share.

Leave A Reply