विजय एफएम गौरवमय १५ औं बर्षमा, वार्षिकोत्सव विशेष कार्यक्रम शुरु, वडाको विकासमा एफएमले खेलेको भुमिकाको खुलेर प्रंशसा

0

गैंडाकोट । विजय एफएम १०१.६ यहि भाद्र ५ गतेदेखी गौरवमय १५ औं बर्षमा प्रवेश गर्दैछ ।

सो अवसरमा एफएमले वार्षिकोत्सव विशेष कार्यक्रम शुरु गरेको छ । बार्षिकोत्सवका कार्यक्रम अन्र्तगत स्थानीय तहको समृद्धि र मिडियाको भुमिका विषयक विभिन्न वडामा वडा जनप्रतिनिधिसँग विशेष अन्र्तक्रिया गर्दैछ । त्यस्तै यहि श्रावण ३१ गते दुग्ध सहकारी तथा दुग्ध व्यवसायीविच अन्र्तक्रिया, भाद्र ३ गते उद्योगी व्यवसायीविच अन्र्तक्रिया र भाद्र ५ गते नमुना ग्राम सञ्चार अभियान घोषणा कार्यक्राम तथा बर्षिकोत्सव विशेष कार्यक्रम हुने एफएमका सहायक स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

वार्षिकोत्सवका कार्यक्रम अन्तगर्त आज गैंडाकोट १ मा बिहान अन्र्तक्रिया गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा बोल्दै जनप्रतिनिधीहरुले वडाको विकासमा विजय एफएमले खेलेको भुमिकाको खुलेर प्रंशसा गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद सापकोटाले एफएमले जनप्रतिनिधीलाई उत्तरदायी बनाउँदै गरेका प्रगतीको प्रचार प्रसार गरि सहयोग गरेको बताउनुभयो । वडा सदस्य सुरेन्द्र रेग्मीले मौलाकालिका मन्दिरलाई अन्तराष्ट्रिय जगतसम्म चिनाउन एफएमले ठुलो भुमिका निर्वाह गरेको बताउनुभयो । वडा सदस्य सिता सापकोटाले समृद्ध वडा तथा नगर बनाउन सञ्चार माध्यमको भुमिका महत्वपुर्ण हुने भएकाले सो विषयमा आवाज उठाउन आग्रह गर्नुभयो । त्यस्तै वडा सदस्य देवी विक पिछडिएको समुदाय तथा दलित महिलाको विषयमा आवाज उठाउन आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण एफएमका कार्यक्रम संयोजक तथा समाचार प्रमुख प्रेम क्षेत्रीले गर्नुभएको थियो ।

यस्तै वार्षिकोत्सवका कार्यक्रम अन्तगर्त आजै गैंडाकोट २ मा अपरान्ह ४ बजेदेखी अन्र्तक्रिया गर्दैछ । वडा कार्यालयमा वडाका जनप्रतिनिधिसँग विकास निर्माण, समृद्धिको खाका, सुशासनको प्रक्रियामा स्थानीय तह र रेडियोको भूमिकाका सन्दर्भमा बहस हुनेछ ।

‘सत्य तथ्य सुचनाको सञ्चार, जनशसक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसाथ गर्दै विजय विकास श्रोत केन्द्र र विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाईमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफ.एम. सञ्चालन गरेको हो । मेरो तपाईको हामी सवैको सामुदयिक रेडियो विजय एफ.एम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सवैको पहँुच बिस्तारका लागि बिगत १४ बर्षदेखि अनवरतरुपमा रेडियो तरंग मार्फत सेवा पुर्याउदै आएको छ । स्थापनाकाल देखि नै आवाज बिहिनहरुको आवाजकारुपमा समाजका कुना कुनासम्म पुगि समाजमा बिद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक बिभेद, अन्धबिश्वास, लैंगिक हिसांको, न्यूनिकरण एवं नागरिकको विकासका लागि अबिश्रान्तरुपमा, अविचलितभै शसक्तरुपमा सुचना तथा सन्देश सञ्चार गर्दै आईरहेको छ ।

यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुबै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकरात्मक सोच, सकरात्मक सोचका लागि जागरण, समाजमा सूचनको पहुँच स्थपित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आएका छन् ।

डेढ दशकको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज, विकासका लागि सञ्चारको भूमिकाका रुपमा काम गर्दै आएको छ । अहिले पनि शिक्षा, स्वास्थ्य, वित्तिय शिक्षा, विकास र सशुसान, मनोरञ्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । यी सबै कामको निरन्तरताका साथमा जनप्रतिनिधिहरुको उत्तरदायित्व स्थापित गराउन समयमा समयमा अन्तक्रियात्मक कार्यक्रम गर्दै आएको एफएमका कार्यक्रम संयोजक तथा समाचार प्रमुख प्रेम क्षेत्रीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply