विजय एफएमद्धारा होलि उत्सव २०७५ को आयोजना/घैँटो फुटाई र म्युजिकल चेयर पनि हुने

0

गैडाकोट, ५ चैत्र । नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएमले होलि उत्सव २०७५ को आयोजना गरेको छ । रंगहरुको पर्व होलीको अवसर पारेर वर्षेनी कार्यक्रम गर्दै आएको एफएमले यस वर्ष पनि निरन्तरता दिएको हो  ।

भोलिबाट विशेष रुपमा सुरु हुने पर्वको एफएमबाट प्रत्यक्ष प्रशारण पनि गरिने स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । एफएम परिसरमा हुने कार्यक्रममा उपस्थित हुन श्रोता, विज्ञापनदता तथा शुभचिन्तक लगायत सवैमा एफएमले आग्रह गरेको छ । सो अवसरमा घैटो फुटाई र म्युाजिकल चेयर कार्यक्रमको समेत आयोजना गरिएको छ ।

करेन्ट मसला प्रायोजक रहेको कार्यक्रममा ओम साइनाथ इलेक्ट्रोनिक्सले पुरस्कारको सौजन्य गरेको छ ।  विहान ११ बजेबाट सुरु हुने कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउन सवैमा आग्रह गर्दै एफएमसँगै होलि खेल्न आह्वान गरेको छ ।

  फागु पर्वको रुपमा चिनिने यस पर्वले एक आपसमा भाइचारा बढाउने, असत्य माथि सत्यको विजयी, एक आपसमा खुलीयाली बाँड्नु लगायतका विशेषता बोकेको छ ।  सांस्कृतिक पर्वको रुपमा मनाईने पर्व भोलि पहाडमा र पर्सि तराइमा मनाइने गरिन्छ ।

Share.

Leave A Reply