विजय एफएमको राहत अभियानमा गैँडाकोट ईंग्लीस स्कूलको १५ हजार सहयोग

0


गैँडाकोट, २ भाद्र । विजय एफएमले सुरु गरेको राहत अभियानमा सहयोग रकम संकलन जारी छ । यो अभियानमा गैँडाकोट १ को मौलाकालिका मार्गमा रहेको गैँडाकोट ईंग्लीस स्कूलका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट रु १५ हजार सहयोग प्राप्त भएको छ । विद्यालयका शिक्षक हरिहर पौडेल र विद्यार्थी विवेक भूषालले विजय एफ एमको स्टुडियोबाट रकम घोषणा गर्दै हस्तान्तरण गर्नुभयो ।
कक्षा ७ का विद्यार्थी भूषाल भन्छन्, मानवियताको धर्म निभएको हो

विजय एफ एमको स्टुडियोमा आई कक्षा ७ मा अध्ययनरत भूषालले मानवियताको धर्म निभाएको बताउनुभयो । दुःखमा सहयोग र पीडामा मल्हम गर्नु आफूले पाएको शिक्षा भएको बताउनुभयो ।

Share.

Leave A Reply