विजय एफएमको भिडीयो रिपोर्टको प्रभाव : सडक छेउको फोहोर हटाइने

0


डोलराज रानाभाट
गैँडाकोट । गैडाकोट नगरपालिका वडा नं. ९ को जंगल नजिक पूर्व पश्चिम राजामार्ग छेउमै थुपारिएको फोहोर उठाइने भएको छ । विजय एफएमको फेसबुक पेजले सोमबार विहान भिडीयो रिपोर्ट प्रस्तुत गरेपछि नगरपालिकाले त्यसलाइ हटाउने भएको हो । मुख्य सडकको छेउमै ठुला ठुला शिसाका टुक्रा, डसना, लगायतका धेरै फोहोरको थुप्रो सडक छेउमै छ ।
थुपारिएको फोहोरमा लागेको आगो निभाउन तत्काल सम्भव नभएपनि त्यसलाई पनि व्यवस्थित गर्ने प्रयास भइरहेको फोहरमैला व्यवस्थापन केन्द्र पहिचान उपसमितिका संयोजक चोलानाथ उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायले फोहोर संकलन गर्ने कर्मचारीहरुलाई भनेर थुपारिएको फोहोर हटाइने बताउनुभयो । उहाँका अनुसार गैडाकोट नगरपालिका भित्रका कर्मचारीहरुले त्यसरी नफालेको र बाहिरी व्यक्तिहरुले फालेको फोहोर भएकाले समस्या भएको बताउनुभयो ।
यसैविच गैडाकोट नगरपालिकाले फोहोर व्यवस्थापन सम्बन्धी शिलवन्दी प्रस्ताव आह्वान गरेपनि अहिलेसम्म कुनैपनि व्यक्ति वा संस्थाले प्रस्ताव पेश नगरेको उपाध्यायको भनाई छ । विस २०७५ चैत्र १ गते पहिलो पटक प्रकाशन गरिएको सूचनामा अहिले सम्म कसैले उक्त प्रस्तावले खोजे अनुसारको योजना सहित कुनैपनि प्रस्ताव हालेका छैनन् । ११ वटा शर्तहरु राखेर प्रकाशन गरिएको प्रस्ताव अनुसार नगरको फोहोर व्यवस्थापन गर्न धेरै व्यवस्थित विधिहरु अपनाइएको छ । तर अहिले सम्म प्रस्ताव नपरेको चोलानाथ उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply