विजय एफएमको भिडीयो रिपोर्टको प्रभाव ः सडक छेउको फोहोर हटाइयो

0

डोलराज रानाभाट,गैँडाकोट, १७ वैशाख ।
गैडाकोट नगरपालिका वडा नं. ९ को जंगल नजिक पूर्व पश्चिम राजामार्ग छेउमै थुपारिएको फोहोर हटाइएको छ ।

विजय एफएमको फेसबुक पेजले सोमबार विहान भिडीयो रिपोर्ट प्रस्तुत गरेपछि नगरपालिकाले त्यसलाइ हटाएको हो । मुख्य सडकको छेउमै ठुला ठुला शिसाका टुक्रा, डसना, लगायतका धेरै फोहोरको थुप्रो सडक छेउमै थियो ।

फोहरमैला व्यवस्थापन केन्द्र पहिचान उपसमितिका संयोजक चोलानाथ उपाध्यायले हिजो फोहोर हटाउने प्रतिवद्धता व्यक्त गरेको भोलिपल्टै आज हटाइएको हो ।

Share.

Leave A Reply