विजयश्री सहकारीले चैत्र मसान्तभित्र गैंडाकोटमा उपभोक्ता पसल सञ्चालन गर्ने

0

प्रेम क्षेत्री, कर्तिक १७ गैंडाकोट । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा शनिबार गैंडाकोटमा सम्पन्न भएको छ ।
विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको साधारणसभाले चैत्र मसान्तभित्र उपभोक्ता पसल सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा बोल्दै प्रर्वद्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले फरक प्रकृति र उद्देश्यकासाथ संस्था सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले अन्य सहकारी संस्थाभन्दा फरक पहिचानका साथ सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हरिलाल सापकोटाले चैत्र मसान्तभित्र गैंडाकोटमा उपभोक्ता पसल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । संस्थाका उपाध्यक्ष माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै संस्थामा सेयर सदस्य बन्न ईच्छुक व्यक्तिलाई आव्हान गर्नुभयो । संस्थाका सचिव गोविन्द रिमालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्था सञ्चालनका विषयमा गहन छलफल गरिएको जनाउँदैं सदस्य विस्तारलाई निरन्तरता दिईएको बताउनभयो । आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सेयर पुँजी १ करोड र सदस्य २ सय पु¥याउने बताउनुभयो । संस्थाका कोषाध्यक्ष आनन्द चालिसेले हालसम्म सेयर पुँजी २१ लाख ८२ हजार पुगेको बताउनुभयो ।


विजयश्री उपभोक्ता सहकारी संस्था हाल १२२ जना सेयर सदस्य रहेका छन् । लेखा समिति सदस्य पार्वती कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्दै छिटो भन्दा छिटो व्यावसायीक योजना अनुसार संस्थालाई अगाडी बढाउन सुझाव प्रस्तुत गर्नुभयो । साथै साधारणसभाले केशव पौडेललाई लेखा समिति संयोजकमा चयन गरेको छ ।
कार्यक्रममा विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष गोपिनाथ खरेल, विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष टिकाराम कंडेल, सहकारी अभियान्ता एवं सञ्चालक खेमराज सापकोटा, यमुनाथ आचार्य, विजय लघुवित्त वित्तिय संस्थाका नायब कार्यकारी अधिकृत नारायण सापकोटा, साहित्यकार गोविन्दराज विनोदी, जेयष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply