विजयले दियो आत्मविश्वास

0

गैडाकोट । एकसाता अघि वोल्न हिच्कीचाएका कालिका संस्कृत विद्यापिठमा पढ्ने रविन चापागाई सोमवार भन्दै थिए म मन्चमा केहि अनुभब सुनाउछु । विजय एफ एम र विजय खबर पत्रिकाले आयोजना गरेको एकहप्ते पत्रकारिता तालिमको समापन समारोहमा ६ मिनेट लामो मन्तब्य राखेको उनले एकसाताअघि परिचय गर्दा आफ्नो नामनै विर्सिएको तर आज मन्तब्य राख्दा पनि निर्धक्क भएको अनुभब सुनाए ।


एकसाताअघि तालिमको सुरुवातमा अरुको अगाडि उभिदाँ थरथर कामेको वताउने गैडाकोट १ कि अभिलासा आचार्यले अहिले त अरुको अगाडि वोलौं वोलौं लाग्छ । अभिलाषाको जस्तै अनुभब सुनाएका थिए रजहरकी कृति आले र अमरापुरीकी पवित्रा पराजुलीले पनि ।


जेठ १५ गतेवाट भएको एकहप्ते रेडियो पत्रकारिता तालिमको सोमवार समापन गरिएको हो । रेडियो पत्रकारिताका वहुआयामिक विषय र उद्घोषण कलाका विषयले पत्रकारिताको संवेदनशिलता र आत्मविश्वास वढाएको अनुभब सुनिरहनुभएका विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष माधब पौडेलले तालिमले दिएको क्षमता खुशिमा वदलिने विश्वास व्यक्त गरे । जीवनमा पहिलोपटक प्राप्त गरेको वस्तु महत्वपुर्ण हुने हुँदा तालिम महत्वपुर्ण भएको उनको भनाई थियो ।


विजय एफ एमले तालिमसँगै सवैमा अवसर सिर्जना गरेको संस्थाका अध्यक्ष गोपीनाथ खरेलले वताए । उनले तालिमपछि केहिले प्रत्यक्ष रोजगारी पाउने र केहिले अप्रत्यक्षरुपमा लाभ लिन सक्नेभएको हुँदा तालिम अवसर भएको वताए ।


तालिमका मुख्य प्रशिक्षक धु्रबमणि पौडेलले विजय एफ एमले आफ्नो आवश्यकता मात्र नभयर सामाजिक दायित्व महसुस गरेर तालिम आयोजना गरेको वताए । उनले तालिमवाट सिकेका ज्ञानले पत्रकारिता क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि आफुलाई अब्बल सावित गर्न सहयोग पुराउने वताए ।


तालिमका प्रशिक्षक तथा विजय खबर पत्रिकाका कार्यकारी सम्पादक श्रीधर उपाध्यायले तालिमले ज्ञान, क्षमता र आचरण सिकाउने हुँदा तालिमपछि प्रशिक्षार्थीको जीवनमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

तालिममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, विजय एफएमका प्रशाशन प्रमुख इश्वरी प्रसाद चापागाई र विजय एफ एमका कार्यक्रम संयोजक प्रेमक्षेत्रीले एकसाताको तालिमपछि वल्ल व्यवहारिक तालिम सुरु भएको वताएका थिए ।

Share.

Leave A Reply