विजयनगर खानेपानी उपभोक्ता समिति गैडाकोटको नेतृत्व चयनका लागि ३१ गते निर्वाचन हुने

0

माया कंडेल
गैंडाकोट , असार २७
विजयनगर खानेपानी उपभोक्ता समिति गैडाकोटको नेतृत्व चयनका लागि यहि असार ३१ गते निर्वाचन हुने भएको छ । असार ३१ गते बिहान ८ बजेदेखी दिउसो २ बजेसम्मका लागि मतदानको समय तोकीएको निर्वाचन समिति संयोजक बोलप्रसाद भुषालले जानकारी दिनुभएको छ ।
आज भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि ३ जना प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा सुभास चापागाई , बिष्णु प्रसाद सापकोटा र बेदप्रसाद चालिसे रहनुभएको छ । यस्तै उपाध्यक्षमा सिता गिरी, लक्ष्मी बिक सचिबमा ईन्द्रराज ज्योती पौडेल, जयराम कडेल यस्तै कोषाध्यक्षमा ईन्द्रमणि चालिसे , प्रेमप्रसाद सापकोटा सहसचिवमा दुर्गाप्रसाद सापकोटा , लक्ष्मीप्रसाद चौधरी यस्तै सदस्यहरुमा देवीप्रसाद गौतम ‘मदन’ , नेत्रराज सापकोटा, , मतिलाल सापकोटा, शिवप्रसाद पाण्डे ‘अर्जुन ’ , तिर्थबहादुर दराई, लिलाधर कडेल, नामकुमारी सापकोटा , कोपीलामणि गिरी, आत्मराम पौडेल , दिनुराम सापकोटा रहनुभएको छ । यस्तै आरक्षण सदस्यहरुमा ईश्वरी जि.सी , कविता बिक, रमाकुमारी चालिसे , सुवर्ण कडेल, गुनाकुमारी घर्ती दराई, मायाकुमारी ठकुरी रहनुभएको छ । यस्तै लेखा समिति संयोजकमा २ जनाको उम्मेद्धवारी परेको छ । जसमा गोबिन्दप्रसाद सापकोटा, विवेकराज पाठक रहनुभएको छ भने लेखा समिति सदस्यहरुमा श्यामप्रसाद चापागाई, बिष्णुकुमारी राई , पार्वती सापकोटा, धुब्र पौडेलले उम्मेद्धवारी दिनुभएको निर्बाचन समिति संयोजक बोलप्रसाद भुषालले जानकारी दिनुभएको छ ।


विजयनगर खानेपानी उपभोक्ता समिति गैडाकोटका ८ सय ६६ जना उपभोक्ता सेवाग्राही रहेका छन । सहमतिका लागि छुट्याइएको समयसीमा २६ गते हिजोसम्म कुरा नमिलेपछि अन्ततः निर्वाचन हुने भएको हो ।

Share.

Leave A Reply