विजयनगर खानेपानी उपभोक्ता समितिमा अन्तत चुनाव हुने

0

२७ असार , गैडाकोट
अन्तत विजयनगर खानेपानी उपभोक्ता समिति गैडाकोटको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सहमतिका लागि छुट्याइएको समयसीमा २६ गते हिजोसम्म कुरा नमिलेपछि अन्ततः निर्वाचन हुने भएको हो । आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । नेकपाबाट अध्यक्षमा सुभाष चापागाईं र नेपाली कांग्रेसबाट विष्णुप्रसाद सापकोटाको उमेदवारी मनोनयन हुने अनुमान गरिएको छ ।

Share.

Leave A Reply