विकू जहाँ पुगेको छ त्यहाँ राम्रो सेवा दिएको छ र गरिबीबाट माथि ल्याएको छ – अध्यक्ष सापकोटा

0


केशवप्रसाद सापकोटा
अध्यक्ष
विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेड

 
विकू जुन सोचका साथ स्थापना भएको थियोे के त्यो सपना पूरा हँुदैछ ?
सपनाहरु परिवर्तन हुँदै जान्छन् । एउटा मूल कुरा के हो भने अहिलेको समयमा सपनाहरु बुनिन्छ । त्यसबेलाको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था के छन् भनी सपनाहरु बन्दै जान्छन् र ती सपनाहरु परिमार्जित हँुदै जान्छन् । एउटा सपना पूरा भएपछि अर्को सपना देख्न थालिन्छ । मूलतः तत्कालीन हाम्रा संस्थापकहरुले देखेको सपना भनेको कसरी यो समाजलाई बेरोजगारबाट मुक्त गर्न सकिन्छ ? कसरी फजुल खर्च कम गर्न सकिन्छ ? कसरी पैसाहरुलाई एकीकृत गरेर आर्थिक उन्नतिमा लगाउन सकिन्छ भन्ने एउटा सपना थियो तर त्यो सपना यति ठूलो रुपमा आउँछ जस्तो मलाई लागेको थिएन । तर समयले परिवर्तन गर्दैै जाँदा सदस्यहरुका आवश्यकता पूरा गर्दै जाँदा मुख्यतया गुणस्तरीय सेवा र सदस्यको सन्तुष्टिलाई मापन गर्नुपर्ने हुन्छ । सपनाहरु परिवर्तन हँुदैछन् र त्यसबेला देखेको सपनाभन्दा अहिले ठूलो भइसकेको छ ।
विकूले गरेको प्रगतिचाहिँ के हो ?
बिकुले गरेको प्रगति समुदायको पहिलो रोजाइमा आउनु हो । नवलपुरको वित्तीय क्षेत्रमा हेर्नु हुन्छ भने सबैभन्दा ठूलो ‘क’ वर्गका केही बैंक छोडेर हेर्दा वित्तीय समाधानका लागि विकू नै एक नम्बर हो । त्यो कसरी थाहा हुन्छ भने सदस्यको सन्तुष्टि, वित्तीय आकार, सदस्यको संख्या र कर्मचारीको कामप्रतिको लगावले देखाएको छ । अहिलेसम्म समितिले देखाएको निरन्तरता सम्पूर्ण कुरालाई हेर्ने हो भने यसको प्रभावकारिता अतुलनीय छ ।
गरिवी निवारणमा विकूको भूमिका कस्तो छ ?
हाम्रो प्रारम्भिक अनुसन्धानले के देखाउँछ भने हामीले १ देखि २००० नम्बरका सदस्यहरु हेर्ने हो भने हाम्रा सदस्य बहुआयामिक हुनुहुन्छ । गरिबीको मापन हेर्ने हो भने एकदमै कम हुनुहुन्छ । तर केही क्षेत्रहरु यस्ता छन् जहाँ गरिबीको रेखामुनि हुनुहुन्छ हामी त्यहाँ पुग्ने कासिस गरिराखेका छौँ । सबैभन्दा ठूलो सहकारी क्षेत्रको कमजोरी चाहिँ यो गरिबीको दुश्चक्र जहाँ छ त्यहाँसम्म पुग्न नसकेको जस्तो मलाई लाग्छ तर विकूले जहाँ पुगेको छ त्यहाँ राम्रो सेवा दिएको छ र गरिबीबाट माथि ल्याएको छ ।
विकूले अघि सारेका ३ वटा साक्षरता अभियान के के हुन् र यिनको आवश्यकता किन देख्नुभयो ?
यी तीनवटा कुरा के हुन् भने एउटा वित्तीय साक्षरता, अर्को प्रविधि साक्षरता र तेस्रो स्वास्थ्य साक्षरताको कुरा गरेका छौँ ।
बित्तीय साक्षरता किन भन्दा दिनको दुई गुणा र रातको चार गुणा जसले कमाउँछ त्यो मान्छे असल हो र राम्रो हो भनी समाज पछि दौडिरहेको छ तर त्यसो होइन । वित्त चाहिने कुरा हो तर उसले कसरी आर्जन ग¥यो ? उसको खर्च कहाँ छ ? आम्दानी र खर्चका बीचको सन्तुलन छ कि छैन ? उसले बचाउन सक्छ कि सक्दैन ? भनेर देखाउन सक्दैनौँ तब यो समाज थप भ्रष्टाचारमा जान्छ । त्यसैले हामी असल जीवन कसरी बिताउन सक्छौँ ? यो प्रभावकारी र गुणस्तरीय जीवन कसरी बिताउन सक्छौ ? भन्ने हो ।
दोस्रो प्रविधि साक्षरताको कुरा गर्दा हामीले छिटोछरितो सेवा कसरी सदस्यका घरमा पु¥याउन सक्छौँ ? जसले गर्दा दुइटा कुरा हुन्छन् । अहिलेको जेनेरेसनका बुवाआमाहरुका बच्चाबच्ची विदेश हुनुहुन्छ । हामीले प्रविधिलाई दुई तरिकाले जोडेका छांै । एउटा वित्तीय प्रविधिसँग अर्को उहाँका छोराछोरीसँग जोड्ने काम गरिरहेका छौं ।

तेस्रो रÞयो स्वास्थ्यको कुरा । स्वास्थ्यमा यति धेरै खर्च भएको छ, त्यसले गरिबीको चपेटामा पार्छ । त्यसैले यी तीनवटा कुरालाई हामीले यो वर्ष ‘हाम्रो लक्ष्य खुसी र स्वस्थ सदस्य’ भन्ने अभियान अघि बढाएका छौँ ।
अबको योजनाचाहिँ के छ ?
अबको योजनाचाहिँ हामीले तीनवटा कुरा ग¥यौँ यसवर्षका लागि तर अबको पाँच वर्षमा हामी के सोचेका छौं भने समुदायको पहिलो रोजाइ उत्कृष्ट वित्तीय संस्था, त्यसभित्र दुईवटा कुराहरु छन् । समुदायको पहिलो रोजाइ हुनलाई हाम्रा सेवाहरु तदनुसारका हुनुपर्छ । उत्कृष्ट वित्तीय संस्था हुन आन्तरिक रुपमा बलियो हुनुप¥यो । त्यसलाई हामीले कसरी जोडेका छौं भने पहिला हामीले जन्मदेखि मृत्यृसम्म भन्थ्याँै । अब त्यतिले मात्रै पुग्दो रहेनछ है । जन्मदाभन्दा पहिला सेवा दिनुप¥यो र मुत्युभन्दा पछि पनि सेवा दिनुप¥यो । हरेक उमेर समूहमा कुन उमेरमा के सेवा चाहिने हो वित्तीय र गैरवित्तीय सेवा त्यो छुट्याउँछौ र हरेक उमेर समूहमा हामी सेवा दिन्छौँ ।

Share.

Leave A Reply