विकूमा सवा ११ करोडको नाफा

0


गैँडाकोट । देशकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक बर्षमा साँढे ११ करोडभन्दा बढि नाफा आर्जन गरेको छ । आज भएको २८ औं वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कालिदाश गौडेलले विकूले गत आर्थिक बर्ष २०७३÷२०७४ मा संस्थाले करअघि ११ करोड, १५ लाख, ७३ हजार ६५ नाफा आर्जन गरेको जानकारी दिनुभयो ।
विजय सामुदायिक शिक्षा सदन गैंडाकोट ५ को प्राग्गणमा गरिएको विकूको २्र८ औं साधारणसभाको उद्घाटन गर्दै नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफु विकूका कामहरुवाट प्रभावित भएको वताउँदै सहकारीहरु सदस्यमैत्री हुनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply