विकूमा करिब ४५ सय प्रतिनिधि छनोट गरिदै, शनिबार १० स्थानमा कार्यक्रम हुँदै

0

श्रीधर उपाध्याय
गैँडाकोट, २० असोज । विकू बचत तथा ऋण सहकारी संस्थाको आगामी २९ औं वार्षिक साधारण सभाका लागि करिब ४५ सय प्रतिनिधि छनोट गर्दैछ ।

करिब ३२ स्थानमा हुने प्रतिनिधि छनोट कार्यक्रमबाट ४५ सयको हाराहारीमा प्रतिनिधि छनोट गरिने छ ।

शुक्रबारसम्म १० वटा स्थानमा कार्यक्रम सम्पन्न भइसकेको छ ।

आज शनिबार (असोज २०) विभिन्न १० स्थानमा प्रतिनिधि छनोट कार्यक्रम हुँदैछ ।

शुक्रबार नवलुम्बिनी सेवा केन्द्र अन्तर्गत मध्यविन्दुमा भएको कार्यक्रममा ११० जना प्रतिनिधि, चोरमारा सेवा केन्द्र अन्तर्गत चोरमारा बजार विकास समिति परिसरमा भएको कार्यक्रममा १६० जना प्रतिनिधि र विहिबार कालिगण्डकी सेवा केन्द्र अन्तर्गत एसपिएममा भएको कार्यक्रममा ४० जना प्रतिनिधि छनोट भएका छन् ।

शुक्रबार नवलुम्बीनी सेवा केन्द्र अन्तर्गत कार्यालय परिसरमा भएको कार्यक्रमको अध्यक्षता सोही केन्द्रका व्यवस्थापन उपसमिति संयोजक चिरञ्जिवि काफ्लेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सञ्चालक समिति सदस्य ओमप्रसाद सापकोटा तथा प्रमुख अधिकृत माधवप्रसाद पौडेलको सहभागिता रहेको थियो ।

यसैगरी चोरमारामा भएको प्रतिनिधि छनौट कार्यक्रम चोरमारा सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक केदार पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

संस्थाका सहसचिव प्रेमप्रसाद सापकोटाको उपस्थिति रहेको कार्यक्रममा गैरवित्तिय अधिकृत रामकृष्ण सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply