विकूद्धारा नवलपरासीमै हालसम्मकै धेरै रगत संकलन,४ सय ३२ जना द्धारा रक्तदान

0

गैडाकोट, भदौ ५


विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट ८ ले २८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नवलपरासीमै हालसम्ममा सबैभन्दा धेरै रगत संकलन भएको छ । क्षेत्रीय रक्त संचार कार्यालय भरतपुरका प्रमुख रमेश कान्त पौडेलले दिएको जानकारी अनुसार बिकुको रक्तदान कार्यक्रममा नवलपरसीमै आजसम्मको धेरै रगत संकलन भएको हो  । सो रक्तदान कार्यक्रममा  ४ सय ३२ जनाले  रक्तदान गर्नुभएको बिकुका सचिब गोबिन्द रिमालले जानकारी दिनुभयो । 

गैँडाकोट ८ को विजय विकास स्रोत केन्द्रको सभाहल र कावासोतीमा रहेको सेवा केन्द्र गुम्बाचोकमा रक्तदान कार्यक्रम गरिएको थियो । विकास स्रोत केन्द्रको सभाहल २ सय जनाले रक्तदान गरेका छन । भने कावासोतीमा रहेको सेवा केन्द्र गुम्बाचोकमा २७ जना महिला सहित २ सय ३२ जनाले रक्तदान गरेका थिए।
विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलले रक्तदान कार्यक्रम आयोजना गर्नु पुण्यको काम भएको बताउनुभयो । उहाँले बिकुसंग नगरपालीकाले सहकार्य गरेर अगाडी बढने समेत बताउनुभयो ।


विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाले खुशी एवं स्वस्थ्य सदस्य बनाउने अभियानमा नै रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । बिकुका संस्थापक अध्यक्ष खेमराज सापकोटाले बिकुले सफलताले आफु संगै सम्पुर्ण सदस्यलाई खुशी दिलाएको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्रका प्राबिधिक बिश्व सापकोटाले बिकुले बार्षीक रुपमै धेरै रक्तदाताद्धारा रक्तदान गराई अतुलनीय योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा बिकुका पुर्ब अध्यक्ष नारायण सापकोटा, विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटा लगायत विजय परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिकुका सञ्चालक तथा शिक्षा समिति संयोजक ओमप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण बिकुका सहसचिब प्रेमप्रसाद सापकोटा राजुले गर्नुभएको थियो ।
यस्तै कावासोतीमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालीकाकी नगर प्रमुख चन्द्रा कुमारी पुनले बिकुले सामाजिक उदारणीय काम गरेको बताउनुभयो । कावासोतीमा भएको रक्तदान कार्यक्रम बिकुका उपाध्यक्ष्य त्रैलक्यनाथ खरेलको अध्यक्षतामा भएको थियो । नेपाल रेडक्रस सोसाईटीका नवलपुरका तर्दथ समितिका सचिब शसीधर कडेल , कालीगण्डकी अस्पतालका डाक्टर छबिलाल थापा , शसस्त्र प्रहरी बल चोरमाराका निरीक्षक प्रदीप जंग थापा , कावासोती सुरक्षा बल कावासोतीका रामकुमार लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको बिकुका सचिब गोबिन्द रिमालले सहजीकरण गर्नुभएको थियो ।

विकूले वार्षिकोत्सवका अवसरमा यस अघि वित्तिय सचेतना प्रभात फेरी र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ भने भोली स्रष्टासंग साहित्यक कार्यक्रमको आयोजना गर्दैछ । विगत २०४८ साल देखि ग्रामीण क्षेत्रका स्थानीय कृषकहरुको फजूल खर्च कम गर्दै बचत गर्ने बानीको विकास गर्दै आइरहेको छ । वि.सं. २०४८ सालमा स्थापना भएको विकूका हाल करिब ४५ हजार शेयरसदस्य रहेका छन् ।

Share.

Leave A Reply