विकूको साधारणसभाका लागि शनिबार १३ सय १० जना प्रतिनिधि छनोट

0


गैँडाकोट, २० असोज । विकू बचत तथा ऋण सहकारी संस्थाको आगामी २९ औं वार्षिक साधारण सभाका लागि प्रतिनिधि छनोट कार्यक्रम जारी रहेको छ । आज विभिन्न १० स्थानमा भएका कार्यक्रमबाट १३ सय १० जना प्रतिनिधि छनोट भएका छन् ।

 

शनिबार कालिगण्डकी सेवा केन्द्र अन्तर्गत जनक माविमा १ सय जना प्रतिनिधि ,

भैँसा खोरी सेवा केन्द्र अन्तर्गत दुर्गा आधारभूत विद्यालयमा भएको कार्यक्रममा २ सय प्रतिनिधि,

हर्कपुर सेवा केन्द्र अन्तर्गत मालपुर चौरमा भएको कार्यक्रममा ८५ जना,

अमरापुरी सेवा केन्द्र अन्तर्गत लक्ष्मी माविमा १ सय जना,

कावासोती सेवा केन्द्र अन्तर्गत जनकल्याण माविमा १ सय ८० जना,

रजहर सेवा केन्द्र अन्तर्गत सभाहलमा भएको कार्यक्रममा १ सय ७० जना,

श्रीगणेश सेवा केन्द्र अन्तर्गत पुस्तकालय भवन डण्डामा भएको कार्यक्रममा १ सय १० जना,

हिमकिरण सेवा केन्द्र अन्तर्गत चण्डेश्वरी माविमा भएको कार्यक्रममा २ सय २० जना,

चोरमारा सेवा केन्द्र अन्तर्गत लोकसेवा माविमा २५ जना,

केन्द्रीय कार्यालय अन्तर्गत विजयनगरको खानेपानीको सभाहलमा भएको कार्यक्रममा १ सय २० जना प्रतिनिधि छनोट भएको विकूका गैरवित्तिय अधिकृत रामकृष्ण सापकोटाले जानकारी दिनुभएको छ ।

 

२९ औँ साधारण सभाका लागि विकूले करिब ४५ सय प्रतिनिधि छनोट गर्दैछ ।

Share.

Leave A Reply