विकु र मेलमिलाप सहकारी एकिकरण, मेलमिलाप सेवा केन्द्रको समुद्घाटन

0


प्रेम क्षेत्री
गैंडाकोट, असार ७ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं सेवा केन्द्रका रुपमा गैंडाकोट ३ ढोडेनीमा मेलमिलाप सेवा केन्द्रको उद्घाटन गरेको छ । विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड विचको एकिकरण पश्चात एकिकृत सेवा शुभारम्भ तथा मेलमिलाप सेवा केन्द्रको समुद्घाटन गरेको हो ।


सेवा केन्द्रको विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सापकोटाले विकू र विजय परिवारले ढोडेनीको विकासका लागि विगतदेखी नै काम गर्दै आईरहेकोमा अब सहकारीका माध्यमबाट थप सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले ढोडेनीलाई बाख्रापालनको पकेट क्षेत्रको रुपमा विकास गरिने जनाउँदै नगरपालिकासँग सहकार्य गरि अघि वढ्ने बताउनुभयो । खुल्ला दिशामुक्त घोषित नगरपालिकाको ढोडेनीमा मात्रै अभैm पनि ८१ घरधुरीमा शौचालय नभएको उल्लेख गर्दै विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले शौचालय निर्माणमा सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले विकूले पहिलेदेखी नै सेवा प्रदान गरिरहेपनि स्वतन्त्र रुपमा मेलमिलाप सहकारी स्थापना भएपनि सेवा प्रवाहमा एक्लो प्रयासले सम्भव नदेखेपछि एकिकरणमा गएको बताउनुभयो ।


मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चितौरेले सेवा प्रदान गर्ने सन्र्दभमा थप मद्दत पुग्ने भएपछि एकिकरण गरेको जनाउँदै सदस्य बनि वढि भन्दा वढि लाभ लिन आग्रह गर्नुभयो ।
चितौरेलाई एकिकरणपछि मेलमिलाप सेवा केन्द्रको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् श्रीकृष्ण गण्डकी माविका प्रधानाध्यापक सुर्यनाथ तिवारीले पिछडिएको समुदायको जिवनस्तर उकास्न सहकारी स्थापना भएपनि एकै स्थानमा उस्तै प्रकृतिका सहकारी रहेको र अझ थप एकिकृत सेवाको रुपमा कार्य गर्न एकता गरिएको बताउनुभयो ।


विकूका लेखा समिति संयोजक एवम् विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष टिकाराम कंडेलले गरे हुन्छ भन्ने उदाहरण विकूले समुदायमा प्रस्तुत गरेको उल्लेख गर्दै विकू नमुनाका रुपमा स्थापित भएको बताउनुभयो ।
विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले मेलमिलाप साकोसका ६२५ जना सेयर सदस्य थप भएपछि विकूका सेयर सदस्य ६० हजार पुगेको बताउनुभयो । उहाँले १२ वटा सेवा केन्द्रमार्फत सामाजिक रुपान्तरणका लागि प्रविधिको अधिकतम प्रयोग गर्दै वित्तिय तथा गैर वित्तिय कार्यक्रम सञ्चालन भईरहेको बताउनुभयो ।


गैंडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवम् सदस्य प्रवर्धन उप समिति सदस्य शोभाखर रिमालले ढोडेनीमा सम्भावना रहेको कृषिको प्रवर्धनमा लागनी गर्न सुझाव दिनुभयो ।
श्रीकृष्ण गण्डकी मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् मेलमिलाप साकोसका पुर्व सह सचिव ओमबहादुर शारुले एकिकृत सेवा शुरु भएपछि समुदाय लाभन्वित हुने बताउनुभयो ।
गैंडाकोट नगर युवा सञ्जालका उपाध्यक्ष ईन्द्रज्योती पोखरेलले सहकारी मार्फत पिछडिएको समुदाय आर्थिक उपार्जन गरेको हेर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत गर्दै विकूका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलले सिमित स्रोत साधनले मात्र विकास कार्य सम्भव नभएको जनाउँदै ढोडेनीको विकासका लागि एकिकरण गरेर सहकार्य गर्दै अघि वढेको बताउनुभयो ।
विकूका सचिव गोविन्द रिमालले सहजिकरण गर्नुभएको सो कार्यक्रममा विकूका सञ्चालक सदस्यहरु स्थानिय विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply