विकुको रक्तदान कार्यक्रममा १ सय ८० जनाद्धारा रक्तदान

0


गैँडाकोट, ३ भदौ । विकु वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औ वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको केन्द्रिय कार्यालय परीषरमा जारी रक्तदान कार्यक्रममा १८० जनाले रक्तदान गरेको संस्थाका सचिव गोविन्द रिमालले जानकारी दिनुभयो । संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटाले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । प्रत्येक वर्ष वार्षिकोत्सव कार्यक्रममा संस्थाले गर्दै आएको रक्तदान कार्यक्रमलाइ यस वर्ष पनि निरन्तरता दिइएको सचिव गोविन्द रिमालले वताउनुभयो । यसैविच देशमा आएको वाढिपहिरो कारण देशमा रगतको अभाव भइरहेको वेला विकुले गर्न लागेको रक्तदान कार्यक्रमले थप सहयोग पुग्ने क्षेत्रिय रक्त संचार केन्द्र चितवनका प्राविधिक विश्वनाथ सापकोटाले बताउनुभयो । विकुले वार्षिकोत्सव मुल समारोह भने यहि भदौ पाँच गते गर्ने भएको छ ।

Share.

Leave A Reply