विकास र समृद्धिको अपेक्षा

0

आज लोकतन्त्र दिवस । २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलन दोस्रोले लोकतन्त्रको स्थापना गरेकोले यसको ठूलो महत्व छ । तर यसको जति महत्त्व छ भनिन्छ, उत्ति यो दिवस मान्नमा उत्साह र उम· देखिएन । २०६२÷०६३ को आन्दोलनमा जनताले अपार एकता देखाएका थिए । त्याग गरेका थिए । २०५९ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट बर्खास्त गरि शासन सत्ता आÇनो हातमा लिएर निरङ्कुश शासन सञ्चालनको सुरुवात गरेपछि सम्पूर्ण राजनीतिक दलहरुको एकतामा सुरु भएको २०६२ चैत्र २४ गते देखिको निरङ्कुशता विरुद्धको आन्दोलन लगातार १९ दिन सम्म कायम रहदा लाखौ लाखौ जनता सडकमा उत्रिएर ज्ञानेन्द्र शाहको कदमको चर्को विरोध गर्दै २०६३ बैशाख ११ गते नारयाणहिट राजदरबार क्षेत्रतर्फ अघि बढेपछि त्यसबाट अत्तालिएका शाहले ११ गते रातीनै शाहि घोषणा मार्फत आफु जनताको निर्णय मान्न तयार भएको भन्दै जनताको नासो (लोकतन्त्र) जनतालाई नै फिर्ता गरेको भनेपछि देशमा लोकतन्त्र पुर्नबाहाली भएको खुशियालीमा प्रत्येक वर्ष बैशाख ११ गते लोकतन्त्र दिवश मनाईदै आएको छ । १९ दिन चलेको जनआन्दोलन सम्झिन एवं १० वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण कोसे ढुंगाको रूपमा लिइन्छ ।
तत्पश्चात नेपाली राजनीतिमा महत्वपुर्ण परिवर्तन भए । गणतन्त्र स्थापनासँगै ढिलै भएपनि देशमा संविधान सभा मार्फत संविधानको घोषणा भयो । २०७२ सालमा संविधान घोषणा भएसँगै देश संघिय संरचनामा अघि वढेको छ । स्थानिय, प्रदेश र प्रतिनिधी सभाका लागि तिन तहका निर्वाचन सम्पन्न भएको छ । २०६२÷०६३ आन्दोलनताका शीर्षनेताहरुले नेपालको इतिहासमा त्यो अन्तिम आन्दोलन हो, यसपछि अब जनताले कहिल्यै आन्दोलन गर्नुपर्ने छैन भनेका थिए । त्यसैले जनता वडो उत्साहसाथ आन्दोलनमा सक्रिय भएका थिए । तर जनताको आकाँक्षा अनुसार देशमा काम भएन । केही परिवर्तन भए पनि विकास निर्माणका कामले गति लिन सकेन । जनताको आर्थिक क्रियाकलाप बढेन । राजनीतिमा लागेका अधिकांशले फाइदा उठाए पनि सर्वसाधारण जनता पिल्सिँदै गए । वास्तविक लोकतन्त्रको महशुष गर्न नपाएका जनता त्यस्को पर्खाईमा छन् ।
हरेक वर्ष तामझामका साथ मनाईदै आईएको लोकतन्त्र दिवसमा यसवर्ष सरकारले सार्वजनिक विदा कटौती गरेपछि त्यो उत्साह नेपालीमा देखिदैन । दिवसमा सार्वजनिक विदा नभएपनि नेपालीले लोकतन्त्रको महशुष गर्न पाउन् । देश विकास र समृद्धिको बाटोतर्फ अघि वढोस् । लोकतन्त्र संस्थागत गर्नतर्फ आ–आÇनो स्थानबाट उठेर राष्ट्रिय संकल्पमा पुग्न हामि सवै नेपालीहरु लाइ चेतना पलाओस । तमाम संर्घसशील नेपाली जनता र ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं। लोकतन्त्र दिवशको सुभकामना, हामि सवैको जय होस् ∕∕∕

Share.

Leave A Reply