विकासका सम्भावना बढी तर बजेट कम

0

गैंडाकोट


गैंडाकोट वडा नम्बर १३ को विकासका लागि सम्भावना बढी रहेपनि बजेट कम रहेको बताएका छन् । वडामा ५० लाख वडास्तरीय बजेट रहेको छ । शिक्षा विकासका लागि गैडाकोट वडा नम्बर १३ का जनप्रतिनिधिले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधिले शिक्षा नै विकासको मूल आधार रहेकाले शिक्षालाई महŒव दिएर विकास निर्माण कार्य गर्दे आएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै गैडाकोट वडाध्यक्ष पदमलाल पौडेलले गैडाकोट १३ मा कैलाश सन्न्यास आश्रम समृद्धिको आधार रहेको बताउनुभयो । उहाँले मनमोहन खेलमैदान अर्को समृद्धिको आधार रहेको बताउनुभयो । सडक विस्तारलाई प्राथमिकता दिएपनि सबै क्षेत्रको विकासलाई समेट्ने प्रयास गरेको बताउनुभयो ।
भौगोलिक हिसाबले सम्भावनायुक्त वडा रहेको वडा सदस्य तुलाराम पौडेलले बताउनुभयो । उहाँले गैडाकोट १३ बाट निकुञ्ज प्रवेशद्वार बनाएर पर्यटकलाई आर्कषण गर्न सकिने बताउनुभयो । उहाँले विकास निमार्णका काम विस्तार हुँदै गएको बताउनुभयो । वडा सदस्य उषा विश्वकर्माले दलित समुदायको उत्थानका लागि काम गर्नुपर्ने बताउनुभयो । भेदभाव तथा छुवाछुत अझै रहेकाले सचेतना अभियान आवश्यक रहेकामा जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा गैडाकोट वडा नम्बर १३ का वडा सदस्यहरु धनीराम थनेत र छविकला पाण्डे अनुपस्थित हुनुहुन्थ्यो ।

Share.

Leave A Reply