वामपन्थी नेता अधिकारीको आज निधन

0

२२ असार, गैडाकोट । क्यान्सरबाट पीडित नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको आज निधन भएको छ । उहाँको आज राति ८ बजेर दुई मिनेट जाँदा निधन भएको पत्रकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभएको छ । गएको पुस २७ गते भरतपुर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका उहाँलाई थप उपचारका लागि वैशाख २२ गते हरिसिद्धी लगिएको थियो । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात हुनाका साथै अधिकारीको अवस्था निकै जटिल भएको थियो

शनिबार साँझमात्रै अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो । विसंं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मनुभएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको हो । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लाग्नुभएका उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिनुभएको थियो ।

Share.

Leave A Reply