वन्ने भयो पत्रकार महासंघ नवलपुरको भवन /अध्यक्ष रानाभाटद्धारा ५० हजारको चेक हस्तान्तरण

0

असार ३, नवलपुर ।  नेपाल पत्रकार महासंघ नवलपुर शाखाको नयाँ भवन वन्ने भएको छ । कार्यसमितिको आज बसेको बैठकले छिट्टै जग्गाको खोजी गर्ने र भवन निर्माणका लागि आवश्यक आर्थिक संकलनका लागि राष्ट्रिय वाणिज्य बैक कावासोतीमा खाता खोल्ने निर्णय गरेको छ । कोषनै स्थापना गरि भवन निर्माणको कार्यलाई पूर्णता दिनेगरि आजै शाखा अध्यक्ष होमराज रानाभाटले ५० हजारको चेक नै हस्तान्तरण गर्नुभयो । शाखा कार्यालयमा बसेको बैठकले महासंघको सदस्यताका लागि शुल्कमा पनि हेरफेर गरेको छ । नयाँ सदस्य वन्नका लागि अव रु ३ हजार तिर्नुपर्ने र नयाँ सदस्य वन्नका लागि आवदेन दिने मिति असार मासन्त सम्म थप गरिएको छ ।  एउटा व्यक्तिले एकमुष्ठ नामावली लिएर आउने परिपाटीको अन्त्य गर्दै जो इच्छुक एवम् योग्यता पुगेको छ सो व्यक्ति स्वयम् महासघ कार्यालय पुगेर आवेदन दिनुपर्ने निर्णय बैठकले गरेको छ । भवन निर्माण सहयोगका लागि तोकिएको १ हजार रुपैया स्वेच्छिक गर्ने निर्णय सहित सक्रिय सहयोग गरिदिन सवैमा अनुरोध गरिएको छ । साथै बैठकले गत वर्षको पौष १४ गते पेश भएको आर्थिक प्रतिवेदन परिमार्जन गरि सार्वजनिक गर्ने निर्णय गरेको छ ।

मिडिया काउन्सिल विद्येकविरुद्ध नवलपुरमा हस्ताक्षर संकलन

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघले तेस्रो चरणको  आन्दोलन सुरु गरेको छ । यसैविच प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपरासी शाखाको आयोजनामा आजदेखि हस्ताक्षर अभियान थालिएको छ । तिन दिन सम्म जारी रहने अभियानको शाखा अध्यक्ष होमराज रानाभाटले हस्ताक्षर गरि सुरुवात गर्नु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले पत्रकारहरुको वाक तथा प्रेस स्वतन्त्रता कायम नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । साथै उहाँले ंसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक खारेज नभएसम्म थप आन्दोलन पनि गर्न आफूहरु तयार रहेको उहाँको भनाई छ । कार्यक्रममा पे्रस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले विधेक माथि छलफल गरी पत्रकार हरुलाई अंकुश लगाउने शव्द हटाउन माग गर्नुभयो। साथै आन्दोलनमा अधिकारकर्मी , नागरिक समाज , नेपाल वार लगाएतकाले हस्ताक्षर अभियानमा एक्यवद्धता जनाएका छन । विरोध स्वरुप नवलपुरका सम्पूर्ण मिडियामा कार्यरत पत्रकारहरु एवं विभिन्न संघ संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।

Share.

Leave A Reply