वडा कार्यालय पुग्नै समस्या – स्थानीय

0


अहिले नगरपालिका कार्यालयबाटै सेवा दिएका छाँै –  वडा अध्यक्ष तिवारी

पवित्रा पराजुली
गँैडाकोट । गैडाकोट नगरपालिका बडा नम्बर ३ को सबैभन्दा सुगम क्षेत्रमा पर्छ तात्रिबास । सुगम भएपनि त्यहाँका बासिन्दा वडा कार्यालय पुग्न अप्ठ्यारो बाटो हुँदै ढोडेनी जानुपर्ने बाध्यता छ । गैँडाकोट नगरपालिकाकै क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो वडा गैँडाकोट ३ विभिन्न गाउँ मिलेर बनेको छ । अधिकांश क्षेत्र जंगल रहेको यस वडामा थुम्का थुम्का परेका क्षेत्रमा वस्ती बसेको छ । ढोडेनी, तात्रीबास, हर्दी, केलादी, रतनपुर विभिन्न क्षेत्र समेटिएको छ । जुन एकअर्कामा लामो दूरी र जंगलका बीच बीचमा रहेका छन् । यसले गर्दा पनि यस वडाका सबै नागरिकले वडाबाट अथवा नगरबाट लिने समस्या पाउन सधैँ ठूलै कष्ट सहन गर्नुपर्ने देखिएको छ । गँैडाकोट ४ र ८ बाट नजिक तात्रिबासको क्षेत्रलाई सीमांकनमा यतै जोडिदिएको भए यो समस्या भोग्नु नपर्ने त्यहाँका स्थानीयको बुझाइ छ ।
गैँडाकोट नगरपालिकाको कार्यालय आउन १० मिनेट लाग्छ, तर आफ्नै वडा कार्यालय पुग्न तात्रिबासका स्थानीयलाई दुई घण्टा लाग्दछ । उता  हर्दी केलादीका स्थानीयहरुलाई करिब ३ घण्टासम्म लाग्ने गर्दछ । गैडाकोट ३ तात्रिबासमा बस्र्ने अस्मी थापाले नगरपालिका नजिकै रहेपनि वडाको कामका लागि कष्टका साथ ढोडेनी पुग्ने गरको बताउनुभयो ।  दूरीका हिसाबले नजिकै रहेपनि बाटोको समस्याले गर्दा तात्रिबासबाट बडा कार्यालय ढोडेनी पुग्न करिब करिब २ घन्टा लाग्छ । त्यसमाथि पनि जंगलको बाटो, बाटोमा खाल्टाखुल्टी कता लडिने हो कि चिप्लने भन्ने डर मान्दै हिँड्ने गरेका र महिला एक्लै ओहोरदोहोर गर्न समस्या रहेका स्थानीय लक्ष्मी मगरले बताउनुभयो ।
हरेक कामका लागि बडा अध्यक्षको सही चाहिने भएकाले पनि वडा कार्यालय पुग्नुपर्छ तर यातायात र बाटोको समस्याले गर्दा आवतजावत गर्न निकै समस्या रहेको स्थानीय थमानि सिंह दर्लामीले बताउनुभयो ।


जनप्रतिनिधिले पनि उत्तिकै समस्या भोगिरहेका छन् । वडा सदस्य मित्रमाया सुनारीले सुत्केरी हुने महिलाले कल्पना पनि गर्न नसकिने समस्या भोगिरहेको बताउनुभयो ।  भनेको समयमा गाडी पाइँदैन । बिरामी हुँदा पनि झोलुगें जस्तो बनाएर बोकेर अस्पताल लिएर जानुपर्ने बाध्यता रहेको छ । अर्की वडा सदस्य दीपालाई केलादीबाट नगरपालिकाको कार्यालय आउन तीन जिल्ला हुँदै तीन वटा गाडी चढेर आउनुपर्ने बाध्यता रहेको छ । नवलपुर जिल्लाबाट तनहुँ जिल्ला, चितवन जिल्ला हुँदै गैँडाकोट नगरपालिका आउनुपर्ने हुन्छ । उता गडाम्दीबाट बिहान उठेर हिँड्दा वडा सदस्य गैँडाकोट नगरपालिका आउँदा ९ बज्ने गरेको बताउनुहुन्छ । समान्यतया ४ घण्टामा नारायणगढबाट काठमाडाँैसम्मको दूरी पार गर्न सकिन्छ । तर आफ्नै वडाभित्रका गाउँ गाउँमा पुग्न काठमाडाँै जानभन्दा बढी समय खर्चिनुपरेको छ गैँडाकोट ३ का स्थानीयलाई ।
वर्षायाममा तात्रिबास, हर्दी, केलादीका स्थानीयलाई ढोडेनी जान समस्या भएका कारण गैँडाकोट नगरपालिकाको कार्यालयबाट नै प्रशासनिक सेवा सुविधा दिँदै आइरहेको वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।  अहिले वर्षाको समयमा चाहिँ त्यति समस्या छ जस्तो मलाई लागेको छैन । ढोडेनी तथा साविक रतनपुर ३ का स्थानीयहरु प्रशासनिक कामका लागि कावासोती तथा बजारीकरणका लागि सहरतिर झर्नैपर्ने कारणले पनि उहाँहरु आउनुभएको छ । म आफैले असुविधा वहन गरेर गैँडाकोट नगरकार्यपालिकाबाट नै सेवा सुविधा दिएको अध्यक्ष तिवारीको भनाइ छ । उहाँहरुको सेवासुविधाका लागि वर्षाको समय सकिने बित्तिकै घुम्ती शिविर पनि राख्ने योजना बनाएको छु । अहिले पनि हामीले वृद्ध बुबा आमाहरुलाई मध्यनजर गरेर घरघरमै वृद्धभत्ता पु¥याउँदै आएका छाँै ।

Share.

Leave A Reply