वडास्तरीय फुटसलको उपाधी गैंडाकोट ४ लाई (फोटो फिचरसहित )

0

गैंडाकोट ,३१ वैशाख । वडा स्तरिय फुटसल प्रतियोगिताको उपाधी गैंडाकोट वडा नम्बर ४ ले हात पारेको छ । फाईनलमा वडा नम्बर १ लाई १ का विरुद्ध ४ गोल गर्दै उपाधी हात पारेको हो । यसअघि सेमिफाईनलमा वडा नम्बर ४ ले वडा नम्बर ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो भने वडा नम्बर १ ले वडा नम्बर १५ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।  प्रतियोगितामा गैंडाकोट नगरका १६ वटा वडाले सहभागिता जनाएका थिए । १६ र १८ ले भने प्रतियोगितामा सहभागिता जनाएनन् ।


विजेतालाई गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, गैंडाकोट खेलकुद समितिका अध्यक्ष एवं जिल्ला फुटबल संघका महासचिव लक्ष्मण कार्की, पुर्व राष्ट्रिय खेलाडी पूर्णनारायण प्रधान लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताका विजेतालाई नगद ३० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उप विजेतालाई नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष अमित घिमिरेले जानकारी दिनुभयो ।


गैंडाकोट फुटबल क्लबको आयोजना एवम् गैंडाकोट खेलकुद समितिको समन्वयमा दोस्रो स्व. जमदार नरबहादुर कार्कीको स्मृतिमा वडास्तरीय फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता यही बैशाख २७ गतेदेखी गैंडाकोट क्षेत्रिय रंगशालामा शुरु भएको थियो । स्व. कार्की साविक गैंडाकोटका गाउँ पञ्चायत प्रमुख हुनुहुन्थ्यो । गैंडाकोट फुटबल क्लबका अध्यक्ष सुदन पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply