वडाध्यक्षहरुको दौड प्रतियोगिता, कस्ले जित्लान् एकमाना घ्यु, कोदाको पिठो लगायतका खाद्यान्न सामाग्री पुरस्कार, ढोडेनी मेला आजपनि

0


प्रेम क्षेत्री ।
गैंडाकोट, फागुन २२ । स्थानिय भाषा संस्कृतिको जगेर्ना गर्न, स्थानिय प्रतिभालाई उजागर गर्न र वडा भित्र रहेका विभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रका प्रचार प्रसार गर्नका लागि गैंडाकोट ३ ढोडेनीमा आयोजित बृहत सांस्कृतिक धमाका सहतिको ढोडेनी मेला २०७५ मा आजपनि विभिन्न प्रतियोगितासँगैं सांस्कृतिका कार्यक्रम हुदैंछ ।
आज प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये निकै रोचक रुपमा लिईएको गैंडाकोट नगरपालिका स्तरिय वडाअध्यक्षहरुको दौड प्रतियोगिता र गैंडाकोट नगरपालिका स्तरिय महिला जनप्रतिनिधीहरुको दौड प्रतियोगिता हुदैंछ ।


कार्यक्रमका अध्यक्ष एवं आयोजक ढोडेनी मेला २०७५ व्यवस्थापन समिति संयोजक तथा गैंडाकोट नगरपालिका ३ का वडाध्यक्ष शिवकान्त तिवारीले प्रतियोगिताका विजेतालाई एकमाना घ्यु, कोदाको पिठो लगायतका खाद्यान्न सामाग्री पुरस्कार राखिएको बताउनुभयो । उहाँले यस्तो पनि पुरस्कार हुन्छ भन्ने भन्दा पनि यहाँ उत्पादन हुने सामाग्रीलाई प्रोत्साहन गर्न खोजिएको बताउनुभयो । मेलामा गिठा, भ्याकुर, तरुल, केरा, डोको, डालो लगायत स्थानिय उत्पादन बिक्रिका लागि राखिएको छ ।
महाशिवरात्रीको पावन अवसरमा ढोडेनी मेला २०७५ बृहत सांस्कृतिक धमाका आयोजना गरिएको आयोजक ढोडेनी मेला २०७५ व्यवस्थापन समितिका संयोजक शिवकान्त तिवारीले जानकारी दिनुभयो । मेलामा विविध खेलकुद प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।


प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये निकै रोचक रुपमा लिईएको गैंडाकोट नगरपालिका स्तरिय वडाअध्यक्षहरुको दौड प्रतियोगिता र गैंडाकोट नगरपालिका स्तरिय महिला जनप्रतिनिधीहरुको दौड प्रतियोगिता राखिएको उहाँले बताउनुभयो । त्यस्तै खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार नगद रु १ लाख ११ हजार १ सय ११, द्वितिय पुरस्कार नगद रु ५५ हजार ५ सय ५५ र तृतिय पुरस्कार नगद रु २२ हजार २ सय २२ प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि ईन्ट्री फि नगद रु ८ हजार ८ सय ८८ तोकिएको छ ।


त्यस्तै टोल सुधार स्तरिय चुट्का प्रतियोगिता, स्लो मोटरसाईकल प्रतियोगिता, वडा भित्रको टोल विकास संस्थाका अध्यक्षहरु बिचको दौड प्रतियोगिता राखिएको छ । साथै विभिन्न प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाईएको छ । मंगलबार कार्यक्रममा राष्ट्रिय लोकगायक अम्बर विरही गुरुङ, जानकी तारमी मगर, राजु गुरुङ, हिमकुमार थापा, बलबिक्रम थापा, विपी अनुरागी, लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो । बुधबार पनि सोम भुजेल, दिपक खड्का, सञ्जय थापा, विष्णु मल्ल लगायतका कलाकारहरुको साथमा विभिन्न व्याण्डहरुको प्रस्तुती रहने जनाईएको छ ।


गैंडाकोट नगरपालिका वडा नम्बर ३ को कार्यालय, देउराली सामुदायिक बन, जलदेवी सामुदायिक बन, कालीगण्डकी सामुदायिक बन लगायतका विभिन्न संघ संस्थाहरुको सहयोगमा मेलाको आयोजना गरिएको संयोजक शिवकान्त तिवारीले जानकारी दिनुभयो ।
यसअघि हिजो मेलाको गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गुर्नभएको हो । उद्घाटनका अवसरमा नगर प्रमुख पौडेलले कालीगण्डकी करिडोरको विकासकालागि नगरपालिकाले पहल गरिरहेको जनाउँदै यसको विकासबाट ढोडेनीको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कालीगण्डकीबाट ३५ किलोवाट विद्युत निकाल्ने योजना पनि अगाडी बढाइएको बताउँदै दातृ निकायसँगको सहकार्यमा विुद्युत निकालिने बताउनुभयो । बैशाख भित्रमा सवै वडाहरुमा विद्युतीकरण गर्ने दावी पौडेलको थियो ।


उद्घाटन कार्यक्रममा श्रीकृष्ण गण्डकी माविका प्रधानाध्यापक सुर्यनाथ तिवारी, गैंडाकोट वडा न्म्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, नेकपा नगर सदस्य बलराम चालिसे, समाजसेवी शोभाखर रिमाल लगायतले शुभकामना मन्तव्य राख्दै मेलाले स्थानिय भाषा संस्कृतिको जगेर्ना तथा स्थानिय प्रतिभालाई उजागर गर्नमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक लोकबहादुर जिसी, लोक गायक अमर विरही गुरुङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।


मेलाका सदस्य वद्रिप्रसाद रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण भोज खण्डलुक मगरले गर्नुभएको थियो ।

Share.

Leave A Reply