लोकरामायणको अक्षरीकरण २ दिने राष्ट्रिय संगोष्ठी गैडाकोटमा सुरु

0


गैँडाकोट, २३ चैत्र । गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नेपाली लोक संस्कृतिको जगेर्नाका लागि नेपाली भाषा क्षेत्रका विद्वानहरुको भूमिका प्रमुख रहने बताउनुभएको छ । सहमतिमा शुक्रबार भएको लोकरामयणको अक्षरीकरण सम्बन्धि २ दिने राष्ट्रिय संगोष्ठीमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख पौडेलले पाश्चात्य संस्कृतिका कारण नेपाली लोक मौलिकता छायाँ परेको बताउनुभएको छ । यस्तै कार्यक्रमकी विशिष्ट अतिथि गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेलले हाम्रो संस्कृति भित्रका विविधताको संरक्षण गर्नुपर्ने र त्यसका लागि युवा वर्गमा यस्तो कामको भूमिका हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठान, गैडाकोट नगरपालीका, सहमति र अक्षर सदनको आयोजना भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्राध्यापक डाक्टर जिबेन्द्र देव गिरिले लोक रामायण भित्रक बिबिध पाटाहरुलाई यस संगोष्ठीले छलफलमा ल्याउने बताउनुभयो ।
सो कार्यक्रममा लोक रामायण र भाषा सम्बन्धित ग्रन्थ नेपालमा प्रचलित प्रमुख लिपीहरु स्थिति, समस्या र सम्भावनाको लोकपर्ण गरिएको थियो । गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेल र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्राध्यापक डाक्टर जिबेन्द्र देव गिरिले ग्रन्थको लोकार्पण गर्नुभएको थियो ।
यस्तै लोकार्पणपछि अक्षर सदनका महासचिब प्राध्यापक डाक्टर पारसमणि भण्डारीले लोकार्पीत ग्रन्थबारे समिक्षा गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्राज्ञ नर्मर्देश्वरी सत्यालले राख्नुभएको थियो । कार्यक्रममा सहमतिका महासचिब नरेन्द्र प्रसाद रिजाल,प्राध्यापक डाक्टर बिनोद अर्याल, प्राध्यापक डाक्टर गणेश खरालले कार्यक्रको सफलताक लागि शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका अक्षर सदनका अध्यक्ष प्राध्यापक डाक्टर चुडामणि बन्धुले लोकरामायणकै बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउदै भौतीक सम्पन्नताको बिकास मात्र बिकास नभएको उल्लेख गर्नुभयो । उहाले समाजको चौतर्फी बिकासको लागि लोक भाषा संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । लोकरामायणको बारेमा जानकरी दिने उद्धेश्यले गरिएको कार्यक्रममा आज लोकरामायण संग सम्बन्धित ३ वटा कार्यपत्र प्रस्तुत गरिएको छ । आदिकबि बाल्मीकी र उनको रामायण प्राध्यापक डाक्टर नारायण प्रसाद खनाल , डोटेली रामायणको पाठ र यसका बिशेषता सहप्राध्यापक डाक्टर बद्रि शर्मा बिनाडी , र सङगिनीमा रामकथा सहप्राध्यापक डाक्टर कुलराज निरौलाले कार्यपत्र प्रस्तुत गरिएको छ ।
अक्षर सदनका महासचिब प्राध्यापक डाक्टर पारसमणि भण्डारीलाई सहकर्मी श्रीधर उपाध्यायले यस राष्ट्रिय संगोष्ठीको उद्देश्य के हो भनि सोध्नुभएको छ ।

Share.

Leave A Reply