लोकतन्त्र सुशासन हो स्वेच्छाचारिता होइन– ओली

0

गैँडाकोट । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र स्वेच्छाचारिता नभएर सुशासन भएको बताउनुभएको छ । नेकपा एमाले गैँडाकोट नगरकमिटिले आयोजना गरेको आमसभामा बुधबार ओलीले लोकतन्त्रका विषयमा बढी समयम खर्चिनुभएको थियो ।
गैँडाकोट ५ काँग्रेस चोकमा रहेको जनक माविको खेल मैदानमा गरिएको जनसभालाई बसेरै सम्बोधन गर्नुभएका ओलीले पौने एक घण्टा बोल्नुभयो । ओलीले लोक कल्याण जनताको सम्मानको कुरा हो तर अहिले जतासुकै मनपरि तन्त्र भएको बताउनुभयो । ओलीले पूर्खाले लडेर बचाएको देश अब अडिए मात्रै देशको स्वाभिमान बचाउन सकिने बताउनुभयो । ओलीले लोकतन्त्रका साथसाथमा अदालतका कुराप्रति पनि असन्तुष्ट प्रकट गर्नुभयो । ओलीले अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा राख्न सुझाब दिनुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो “ दशैँ आइपुगेको छ, दुर्गा भवानीले श्रीमानहरुमा शुभआशिर्वाद प्रदान गरुन् ।”
आवाज ।
सम्बोधनको अन्तिम समयतीर ओलीले प्रदेश र केन्द्रमा समेत नेकपा एमाले पहिलो हुने दाबी गर्दै देश बनाउने जिम्मा एमालेको काँधमा आएको बताउनुभयो । पौने घण्टाको सम्बोधनमा ओलीले भरतपुरमा मतपत्र च्यातिएको विषयलाई लिएर कडा प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । राजनीतिकमात्र नभइ आोलीले देशको विकासका लागि आर्थिक समृद्धिका लागि उत्पादनमुलक अभियानमा जुट्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा ओलीले टिका लगाएर विभिन्न पार्टीका कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए । कार्यक्रममा एमालेका तिलक महत्त, रोशन गाहामगर लगायतले पनि सम्बोधन गरेको थिए ।

Share.

Leave A Reply