लेबनानलाई २० करोड डलर सहयोग

0

बेरूत, लेबनान, १ फागुन 

आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य बेलायत ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बुधबार बताउनुभएको छ ।

लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचार संस्थाले जनाएको छ, “लेबनान र बेलायतबीचको दुईपक्षीय सम्बन्ध यस पहिलेको तुलनामा हालका दिनमा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको छ ।”

रामप्लिङले नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिवद्ध बन्नेमा विश्वास गर्नुभयो ।

“हामीले सधै लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्नेछौँ,” उहाँले भन्नुभयो । लेबनानको आर्थिक क्षेत्रमा प्रभाव देखिने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको उहाँको भनाइ थियो ।-रासस÷सिन्ह्वा

Share.

Leave A Reply