लेन मिच्दा गैडाकोटमा ठूलो दुर्घटना/मानविय क्षती हुनबाट जोगियो

0

डोलराज रानाभाट, ८ जेठ । लेन प्रयोगमा लापार्वाहि गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गतको गैडाकोटमा ठूलो दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्गको गैंडाकोट स्थित टाइम फर्मा कम्पनीको अघिको मुख्य सडकमा ट्रक र टिपर एक आपसमा ठोक्किएका हुन् ।

आफ्नो अगाडी गुडिरहेको क्रेनलाई उछिन्न ट्रिपर तिव्र गतिमा भएका कारण आफ्नै लेनबाट चितवनतर्फ आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो । बिहान भएको दुर्घटनामा मानविय क्षति नभएपनि ट्रीपरको अगाडी भागमा ठूलो क्षती पुगेको छ भने ट्रकको पनि अगाडी भागमा क्षती पुगेको गैडाकोटका ट्राफिक प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख १३४९ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख २२१३ नम्बरको ट्रिपर एक आपसमा ठोक्किएका हुन् । मालवाहक ट्रक आफ्नै लेनमा आएको थियो भने ट्रिपरले लेन मिचेर ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो  ।

Share.

Leave A Reply