लियो क्लब अफ गैंडाकोट मौलाकालिकाद्धारा बालिका तथा वृद्धवृद्धालाई सहयोग

0

नवलपरासी २५ कार्तिक ।


लियो क्लब अफ गैंडाकोट मौलाकालिकाले आज चितवन देवघाटमा रहेका बालिका तथा वृद्धवृद्धालाई खाना खुवाउने तथा लत्ताकपडा वितरण गरेको छ । देवघाट स्थित रामजानकी बालिका आश्रममा रहेका ४५ बालिका तथा आश्रम वरपर रहेका ३५ वृद्धवृद्धालाई लत्ता कपडा वितरण गरेको कार्यक्रम संयोजक लोकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

गेट वे विगबजार र गेट वे कावासोतीको सहयोगमा ति सामाग्री वितरण गरिएको उपाध्यक्ष प्रदिप सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक शिव शर्मा आचार्यले वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै आचार्यले लियोको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रम लियो क्लब अफ गैंडाकोट मौलाकालिकाका अध्यक्ष देवराज तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न भएको हो । लियो क्लब अफ गैंडाकोट मौलाकालिकाले विभिन्न असहाय व्यक्तीलाई सहयोग गर्दै आएको छ ।

Share.

Leave A Reply