लायन्स क्लब अफ बागिश्वरी सिटीले नि :शुल्क मधुमेह तथा स्वास्थ्य परिक्षण

0

गैडाकोट , मङसिर ७


माया कडेल
लायन्स क्लब अफ बागिश्वरी सिटीले निशुल्क मधुमेह तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । निशुल्क स्वास्थ्य शिवीरबाट करिब १ सय जनाले मधुमेह तथा स्वाथ्य परिक्षण गरेको लायन्स क्लब अफ बागिश्वरी सिटीका अध्यक्ष मेघराज कडेलले बताउनुभयो । उहाले क्लबले स्थापनाकालदेखी नै बिभिन्न सामाजिक काम गर्दे आएको बताउनुभयो । नोभेम्भर महिनामा मधुमेह क्याप गर्ने उदेश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो । कार्यक्रममा गैडाकोट नगर्पालीकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उहाले कार्यक्रममा बोल्दै लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो यस्तै अन्य संघ संस्थाले पनि सामाजिक काम गर्नुपर्नेमा जोड दिनुभयो ।


स्वास्थ्य शिवीरमा विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ कन्सल्टेन्ट मेडिकल अंकोलोजी डाक्टर कृष्णसागर शर्मा , भरतपुर अस्पतालका कन्सल्टेन्ट मेडिसिन बिभाग डाक्टर कल्याण सापकोटा, डाक्टर सुरज सापकोटाको समुहले स्वास्थ्य चेकअप गर्नुभएको थियो ।


कार्यक्रममा गैडाकोट नगरपालीका वडा नम्बर ५ का वडाध्यक्ष नवराज कडेल, लायन कृष्ण पाण्डे, गोबिन्द सुबेदी, लायन्स क्लब अफ बागिश्वरी सिटीका पूर्ब अध्यक्ष प्रमेश आचार्य , राधाकृष्ण मन्दिरका अध्यक्ष खिमललाल सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply