लायन्स क्लब अफ चितवन चौतारी र गोल्डेनको अधिवेशन सम्पन्न

0

भरतपुर, चैत्र ३०
पूर्णप्रसाद शर्मा
लायन्स क्लब अफ चितवन चौतारी तथा लायन्स क्लब अफ चितवन गोल्डेनको अधिवेशन हिजो शुक्रवार पश्चिम चितवनको घटगाईमा सम्पन्न भएको छ । लायन बर्ष २०१९–२० का लागी लायन्स क्लब अफ चितवन चौतारीको सातौं अधिवेशनले बिष्णु प्रसाद चालिसेलाई तथा चितवन गोल्डेनको पाँचौ अधिवेशनले सुर्य बहादुर अधिकारीलाई अध्यक्षमा निबिरोध निर्वाचित गरेको छ ।
यसैगरी लायन्स क्लब अफ चितवन चौतारीको प्रथम उपाध्यक्षमा डा. गगां सापकोटा , द्धितिय उपाध्यक्षमा दिपक अदै र तृतीय उपाध्यक्षमा बिद्या सागर चालिसे चयन भएका छन् । समितिको सचिबमा लाल प्रसाद पौडेल तथा कोषाध्यक्षमा अच्युत पण्डित निर्वाचित भएका छन् ।

 

त्यसै गरी लायन्स क्लब अफ चितवन गोल्डेनको प्रथम उपाध्यक्षमा रामचन्द्र तिमिल्सेना, द्धितिय उपाध्यक्षमा नवराज सुवेदी, तृतीय उपाध्यक्षमा जीतेन्द्र कुमार श्रेष्ठ सचिबमा रमेश पौडेल तथा कोषाध्यक्षमा केशब पौडेल निर्वाचित भएका छन् । निर्वाचितहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु का रिजोन चियर पर्सन भक्तीप्रसाद चालिसे तथा कार्यक्रमका बिशिष्ठ अतिथि रिजोन चियर पर्सन राजु पौडेलले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई शुभ कामना ब्यक्त गरेका थिए ।
नयाँ बर्ष २०७६को शुभ कामना आदान प्रदान सहित सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारीका पुर्व अध्यक्षहरु किशोर पौडेल , पूर्ण प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । अधिवेशन लायन्स क्लब अफ चितवन चौतारी तथा चितवन गोल्डेनको अध्यक्षद्धय बिनोद पन्त तथा बिकास थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply