लाइम एण्ड लेमन क्याफे भरतपुरमा नि खुल्यो

0

चितवन , जेठ ३

भरतपुर महानगरपालीकाको कार्यलय नजिकै युवाहरुको लगानीमा बनेको लाइम एन्ड लेमन लाइम लाउन्ज क्याफे को शुक्रवार उद्द्धाटन गरिएको छ । चितवनमा सञ्चालित होटलहरु भन्दा अलि फरक शैलीमा ५ करोड भन्दा बढि लगानीमा निमार्ण भएको सो क्याफेको उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गर्नुभयो।

सो क्याफेको उद्घाटनका क्रममा अध्यक्ष प्रधानले युवाँहरु विदेशी रहेको अवस्थामा विदेशमा वसेर सिकेको ज्ञान लाई आफनै ठाउँमा फर्केर केहि गर्न खोज्नु प्रेरणादायी काम भएको बताउनु भयो । उहाँले सो अवसर विषादी युक्त खाना भान्सामा भित्राउन वाध्य अवस्थामा प्रागंगारिक खानाका परिकार सेवाग्राहीलाई क्याफेले दिन सक्नु अर्का राम्रो पक्ष भएको मा प्रशंशा पनि गर्नु भयो । अध्यक्ष प्रधानले होटल संचालकले खानाको गुणस्थर मा पनि ख्याल गर्न सुझाप दिनु भयो । उद्घाटन समारोहमा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष अरुण पिडित होटल व्यवसायी संघ चितवनको अध्यक्ष सर्मिला न्यौपाने, पुर्व अध्यक्ष इमान्दु बराल, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, रुपन्देही होटल संघका अध्यक्ष समुन्द्र जि.सी , नेपाल कुखुरा व्यवसायी मंच चितवनका अध्यक्ष ऋषीराम पौडेल लगायतल मन्त्वय दिनु भएको थियो ।

साइप्रसमा आधादशक विताएर नेपाल फर्केका सागर पौडेल ,त्यस्तै जापनबाट फर्केकी प्रभा वराल पोखरेल सगै नर्स निशा ढकाल न्यौपाने , कृषि पढ्दै गरेका निशान्त ढकाल, आईटीका डेविस वराल र व्यापारी प्रचन्ड ढकालहरु मिलेर सो होटल सञ्चालनमा ल्याएका हुन् । उनीहरु सबै ३५ वर्ष भन्दा कम उमेर समुहका छन् ।

सो अवसरमा धुर्मश सुन्तली फाउन्डेसनको पहलमा चितवनमा निमार्ण गरिन लागेको अन्तराष्टिय क्रिकेट रंगशालाका लागि ११ हजार १ सय ११ समेत सहयोग गरिएको छ । त्यसैगरि क्याफे रहेको टोल विकास सस्थालाई को सरसफाईका लागि पनि होटलले केहि प्रतिशत रकम छुटाउने क्याफेका प्रमुख सागर पौडेलले बताउनु भयो । क्याफेमा स्वास्थ्यवद्धक ,स्वादिलो खानाका परिकार का साथै विभिन्न अवसरमा लाइभ म्युजिकको व्यवस्था समेत गरिने सञ्चालक निशा ढकाल न्यौपाने जानकारी दिनु भयो । लाइम एण्ड लेमन लाउन्ज क्याफे ५ वर्ष देखि बुटवलमा सञ्चालनमा रहेको छ ।

होटलका लागि आवश्यक प्रागांरिक उत्पादनका खाध्यवस्तु पाल्पाबाट ल्याउने गरेको बताउदै चितवनबाटै पनि कोलेनरी हब्सको उत्पादन गर्ने प्रयासमा रहेको क्याफेका प्रमुख पोडेल जानकारी दिनुभयो।

Share.

Leave A Reply