लमजुङमा शहीद तथा बेपत्ता स्मृति केन्द्र गठन

0

लमजुङ, ६ माघ

मस्र्याङ्दी गाउँपालिकाका जनयुद्ध, जनआन्दोलन र भ्रष्टाचारविरुद्धको आन्दोलनका शहीद तथा बेपत्ता परिवारका सदस्यले शहीद तथा बेपत्ता स्मृति केन्द्र गठन गरेका छन् । नौ सदस्यीय केन्द्रका अध्यक्षमा जनयुद्धमा छोरी गुमाउनुभएका दयासागर घिमिरे रहनुभएको छ । सचिवमा देवीजङ्ग गुरुङ र कोषाध्यक्षमा सरस्वती गुरुङ तथा सदस्यमा रामकुमार भण्डारी र सार्की विक रहनुभएको छ । पदेन सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेत, वडा नं ४ का सुमन गुरुङ, वडा नं ७ का युवा घले र वडा नं ९ का नारायण थापा रहनुभएको छ ।

गाउँपालिकामा रहेका नौ वडामध्ये यी वडा बढी प्रभावित हुन् । केन्द्रका संरक्षकमा मस्र्याङ्दीका अध्यक्ष अर्जुन गुरुङ र सहसंरक्षकमा उपाध्यक्ष होमवहादुर विक रहनुभएको छ । केन्द्रका संरक्षक गुरुङका अनुसार केन्द्रले आफ्नो हकहितमा काम गर्नाका साथै शहीद तथा बेपत्ताका नाउँमा विभिन्न रचनात्मक कार्यक्रम गर्नेछ । केन्द्रले शहीदको जीवनी प्रकाशन, अध्ययन केन्द्र र उद्यान निर्माण तथा शहीद एवं बेपत्ता परिवारको समस्या पहिचान गरी समाधान गर्ने लगायत काम गर्ने बताइएको छ ।रासस

 

Share.

Leave A Reply