लगानी सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर हुने

0


गैडाकोट, १३ चैत्र । ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने तयारी सहित आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सरकारले जनाएको छ ।

आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको सबै तयारी पूरा भएको र  सम्मेलनमा ४० देशबाट प्रतिनिधि आउने बताउनुभयो  । सम्मेलनमा ६ सय बढीले सहभागिता जनाउने छन् ।

दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने छ । सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

Share.

Leave A Reply