लक्ष्य हासिल गर्न रत्ननगरका वडाहरुमा कर संकलन अभियान तिव्र

0


गैडाकोट,०३ चैत । रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुमा कर संकलन अभियान तिव्र पारिएको छ । चालु आर्थिक बर्षमा कर संकलनको लक्ष्य हासिल गर्न रत्ननगर नगरपालिकाले अधिकाँस वडामा कर संकलन अभियान तिव्र पारिएको हो ।

नगरपालिकाले चालु आबमा ११ करोड राजश्व असुली गर्ने लक्ष्य राखेर सोही अनुसार बजेट विनियोजन गरेको थियो । कर संकलनको लक्ष्य हासिल गर्न जनप्रतिनिधिहरु सहित नगरवासीको घर,पसल र उद्योगहरुमा पुगेर पसल दर्ता गर्न र नविकरण गर्न आग्रह गर्ने उद्देश्यका साथ अधिकाँस वडाहरुमा घरदैलो जारी रहेको मेयर नारायण वनले बताउनुभयो  ।

कर संकलन अभियान अन्तर्गत रत्ननगरको बजार क्षेत्र अन्तर्गत पर्ने वडा नं २ मा आइतवार देखि घरदैलो सुरु गरिएको छ ।

कार्यक्रममा उपमेयर विमला दुवाडीले लक्ष्य अनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने बताउनुभयो  । कार्यक्रममा वडाध्यक्ष तिलकराज शर्मा पौडेलले वडाभित्रका व्यवसायीहरु करको दायरामा आउन सुरु भइसकेको भन्दै एक महिना भित्र वाहिर रहेका व्यवसायीहरुलाई दायरामा ल्याउने बताउनुभयो ।

Share.

Leave A Reply