लक्ष्मी मावि स्वर्णमहोत्सव ः भलिबल र कबड्डी प्रतियोगिता सकियो

0


गैँडाकोट, १३ माघ । लक्ष्मी मावि गैँडाकोट १५ अमरापुरीको स्वर्णमहोत्सवका अवसरमा विभिन्न खेलहरु भइरहेको छ । स्वर्णमहोत्सवको अवसरमा एक महिनाको अबधीभर बिद्यालयले विभिन्न कार्यक्रम गरिरहेको छ । बिद्यालयले स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा बिद्यार्थी शिक्षक कर्मचारी र अभिभावक लक्षित खेलकुद तथा विविध अन्तक्रिया आयोजना गरेको छ । आज भएको भलिबल प्रतियोगितामा जनता मावि इटौरा प्रथम भएको छ, यसैगरी दोस्रो स्थानमा लक्ष्मीमावि अमपरापुरी र तेस्रो स्थानमा जनता मावि मगरकोट रहेको छ । यसैगरी आजै भएको कबड्डी प्रतियोगितामा जीवन ज्योती मावि कावासोती प्रथम र नेपाल मावि केउरेनी दोस्रो भएका छन् । फागुन ७ गते हुने स्वर्णमहोत्सव मुल समारोह अघि बिद्यार्थीको क्षमता अभिबृद्धी तथा सामाजीक कार्य र खेलकुद हुने बिद्यालयका प्रध्यानाध्यापक मणिकण्ठ कंडेलले जानकारी दिनुभयो । २०२४ सालमा स्थापना भएको यो बिद्यालयमा हाल ८ सय ८२ बिद्यार्थी अध्ययनरत छन् । बालमैत्री बिद्यालय निमार्णको अभियानमा लागेको बिद्यालयले आगामी शैक्षीक सत्रबाट डिजिटल शिक्षण प्रणाली लागु गर्ने रणनिति लिएको छ । बिद्यालयले बिद्यालय शिक्षा मात्र नभई बालबालिकाको जिवनशैली स्वस्थ खानपानको बिशेष कार्यक्रम ल्याउने जनाएको छ ।

Share.

Leave A Reply