रोटरी क्लव गैडाकोटको सामाजिक सन्देश/घरमा बनाएको खाजा खाएर नयाँ वर्ष मनाए

0

डोलराज रानाभाट, १ बैशाख । रोटरी क्लव अफ गैडाकोटले नयाँ वर्ष २०७६ सामाजिक सन्देश दिएर मनाएको छ । रोटरी, रोटर्याक्ट र इन्टर्याक्ट क्लवको संयुक्त आयोजनामा आज नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित कार्यक्रम सामाजिक सन्देश दिएर मनाइएको हो ।

पछिल्लो समय चाडपर्व आउनासाथ बजारका पार्टी प्यालेस तथा डान्स डिस्को धाउने तथा बजारमा वनेका परिकार खाएर मनाउने प्रचलन बढेको भन्दै यसलाई रोक्न रोटरीका सदस्यहरुले आ–आफ्ना घरमानै बनाएको खाना र खाजाका परिकारका साथ शुभकामना साटसाट गरि नयाँ वर्ष मनाएको वर्ष २०१९÷२०२० का अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिनुभयो ।

साथै नयाँ वर्षको अवसर पारी क्लवको सचिवालयको समेत उद्घाटन गरिएको छ । सहज सामुदायिक अस्पतालमा रहने सचिवालयको रोटरी क्लव अफ गैडाकोटका अध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले उद्घाटन गुर्नभएको थियो।

उक्त अवसरमा रोटरीले अस्पतालमा रहेको तालिम हलमा आवश्यक फर्निचर उपललब्ध गराई व्यवस्थित वनाउने सचिव गणेश उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply