रोटरी क्लब अफ गैँडाकोटको प्रथम स्थापना दिवश

0

गैँडाकोट, ४ भाद्र ।


रोटरी क्लव अफ गैँडाकोटले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । शनिबार द नारायाणी रिसोर्ट गैँडाकोटमा भएको स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख अतीथि रोटरी ईन्टरनेशनल ३२९२ का डिस्टिक गर्भनर सञ्जय गिरीले रोटरी क्लव स्थापना हुनुमात्रै ठुलो कुरा नभई समाजमा सकारात्मक प्रभाव पार्न सक्नु ठुलो कुरा भएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि नेपाल ललीतकला प्रज्ञा प्रतीष्ठानकी कुलपती रागिनि उपाध्याय, गैँडाकोट नगरपालीकाकी उपमेयर विष्णु कंडेल सापकोटा लगायतले नवलपरासीमै पहिलो रोटरी क्लवका रुपमा स्थापीत रोटरी क्लव अफ गैँडाकोटले सामाजीक विकासको क्षेत्रमा सकारात्मक छाप छोड्ने विस्वास व्यक्त गनुभयो ।

रोटरी क्लव अफ गैँडाकोटका संस्थापक अध्यक्ष भिमप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका ५ वटा रोटरी क्लवका अध्यक्ष, अन्य रोटरी क्लवका प्रतीनिधीहरु, साहित्यकारहरु, र चित्रकारहरुको सहभागीता रहेको थियो । रोटरी क्लबले गरिब र विकासोन्मुख राष्टहरुबाट पोलियो रोग निर्मुल पार्न, शिक्षाको क्षेत्रमा, शान्ति स्थापना, स्वास्थ्य, पानीको सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ गैँडाकोटका सचिव ध्रुवमणी पौडेलले बताउनुभयो ।

नेपालमा सन् १९९८ बाट रोटरी क्लबको सुरुवात भएको हो । २०७३ मंसिर महिनामा सानो छलफलबाट सुरु भएको रोटरी क्लब अफ गैँडाकोटले गत जेष्ठ २३ गतेबाट रोटरी इन्टरनेशनलको कार्यतन्त्र अन्तर्गत औपचारिक आवद्धता प्राप्त गरेको थियो ।

Share.

Leave A Reply