रेडियो सुनेर जीवनमा परिवर्तन आउनुुपर्छ – संस्थापक अध्यक्ष सापकोटा

0


खेमराज सापकोटा
संस्थापक अध्यक्ष
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड

 

रेडियोको स्थापनाको सोच कसरी आयो ?
२०५७ सालमा जतिबेला हामीले एउटा सूचना तथा सञ्चार सहकारी र रेडियो स्थापना गर्ने सोच बनायौँ । त्यसबेलाको हिसाबले हेर्ने हो भने सञ्चार जगत् यति व्यापक भएको थिएन र विशेष गरेर एफएम रेडियोको भर्खरै थालनी भएको थियो । केही भएकाहरु अलिकति प्राइभेट कन्सनबाट बढी प्रेरित भएको पाएका थियौँ । हामीले के सोच्याँै भने सामुदायिकरुपमा सञ्चालन गर्ने रेडियोको स्थापना गरौं र त्यसभन्दा बाहेक अरु पनि सञ्चारका माध्यम के हुनसक्छ त्यो पनि यो संस्थाबाट सुरु गरौं । जसले सामुदायिक विकासका लागि केही योगदान गर्न सकोस् । विशेषगरी आवाज विहीनको आवाजलाई कसरी बाहिर ल्याउन सकिन्छ र सूचना विकासका उदाहरणहरु घरघरमा कसरी पु¥याउन सकिन्छ । त्यस कुरालाई आत्मसात् गरोस् भन्ने कल्पना गरेर सुरुवात गरिएको हो ।
जसरी परिकल्पना गरियो सोही दिशामा छ कि छैन ?
हाम्रो कल्पनाको कार्यरुप दिनका लागि सुरुवातमा १ सय वाटको रेडियोको स्थापना ग¥यौं । अझ त्यसभन्दा अगाडि त हामीले एन्टेना फाउन्डेसनसँग मिलेर केही बाहिर तयार गरिएका कार्यक्रमहरु गाउँगाउँमा समूहहरु बनाएर समूहहरुमा साँझमा मिटिङ गरेर त्यो मिटिङमा सुनाएर चेतनाको विस्तार गर्ने काम चाहिँ सुरु गरेका थियौँ । त्यस हिसाबले हेर्दा  जुन थालनी र कल्पना थियो त्यो बाटोमा आज अगाडि बढेको छ । तर अझै बढि स्पिडमा जानुपर्ने चाहिँ देख्छु । किनभने अहिले पनि सूचनालाई एउटा विकासको माध्यमका रुपमा नहेरीकन सूचना चाहिँ प्रचारबाजीका रुपमा धेरैले बुझ्छन् । त्यो होइन भन्ने बनाउने भूमिका चाहिँ हाम्रो अहिले गरे भन्दा धेरै काम गर्न बाँकी छ ।
समुन्नत समाज निर्माणको परिकल्पना गर्दैगर्दा त्यो वातावरण चाहिँ कसरी बन्यो ?
वातावरण चाहिँ के थियो भने हामी केही विकासे कार्यकर्ताहरु पटक पटक यस बारेमा छलफल गथ्र्यौं । विशेष गरेर विजय विकास स्रोत केन्द्रमा बसेर विभिन्न तालिम गर्दाखेरि त्यहाँभित्र विभिन्न परियोजनाको कल्पना गर्दा तिनीहरुले तयार गर्दा र परियोजना कार्यान्वयन गर्दा जब फिल्डमा जान्छौँ । अत्यन्त कमजोर समुदायमा पुग्छौँ । त्यहाँका मान्छेका अनुहार, बानी र  व्यवहारहरु ती सबै कुरा देख्दा के लाग्थ्यो भने केही चीजको अभाव खड्किरहन्थ्यो । यो कहाँबाट पूरा हुन्छ यो कुनै प्रोजेक्टले गर्ने चिज त होइन । न सरकारले गर्छ न कुनै व्यक्तिहरु आएर गरिदिएर हुन्छ,  यो समाज कसरी अलि बढि ज्ञानी हुन सक्छ अथवा आफैले बुझ्ने कसरी हुन सक्छ ? भन्ने कुरा खड्किन्थ्यो त्यो चिजले चाहिँ यतातिर डो¥याउथ्यो र एकपटक हामीले के गरेका थियौँ भने थालनीको कुरा गर्दाखेरि चाहिँ एउटा तालिममा कोक खाएका थियौ । त्यतिबेला टोकनमा केही पुरस्कार पथ्र्यो त्यसबेला कहिले १ रुपैयाँ त कहिले २० रुपैयाँ पथ्र्यो त्यो पैसा जम्मा गरेर राख्थ्यौँ । एउटा सानो सुरुवातले पनि भावनालाई जगाउँथ्यो । संयोगवश रेडियो पनि परिदियो अनि ऊर्जा थपियो । एउटा ठूलो रेडियो पर्दा त हामीलाई निकै ठूलो कुरा आएजस्तो भयो ।
१४ वर्ष पार गरिरहँदा यो यात्रालाई कसरी लिनुभएको छ ?
१४ वर्षे यात्रालाई समग्रमा हेर्दा कस्तो लाग्छ भने निरन्तररुपमा हामी प्रगती गरिराखेका छौँ । यसको संस्थागत विकासको प्रगति पनि गरिराखेका छौँ र समाजमा विभिन्न विषयवस्तुलाई उठाउँदै त्यसमाथि छलफल बहस चलाउँदै अगाडि बढ्दै कहिलेकाहिँ कतिपय बहसहरु सानातिना विवाद पनि हुन्छन त्यसले के गर्दो रहेछ भने समाजमा एककिसिमको जागरुकता ल्याउँछ । त्यो किसिमले अगाडि बढिरहेको छ । त्यसले हेर्दा हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ । सफल छ तर अघि पनि मैले भनेँ यसको दायरा अझै ठूलो बनाउनु छ । अझै एउटा विकासमुखी सञ्चार जनतालाई बुझाउनु छ ।
अबको यात्रा कस्तो हुनुपर्छ ?
अबको यात्रा गीत सुन्ने समाचार सुन्ने त छँदैछ । तर त्यसभन्दा फरक के भने हामीले जे कुरा दिइरहेका छौँ नि तिनले हाम्रा श्रोताको सदस्यको जीवनमा परिवर्तन कुराहरु यहाँबाट आउनुपर्छ ।  एउटा घटना, कथा सुनेर अथवा यसका केही प्रेरणादायी कुरा सुनेर मान्छेका जीवनमा परिवर्तन आउनुपर्छ । मैले यो रेडियोबाट सुनेर नयाँ बाटो अपनाएँ । मैले मेरो जीवनमा यो परिवर्तन ल्याएँ । मैले यो नयाँ काम सिकँे र गरेँ भन्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ ।

Share.

Leave A Reply