रक्सि खाएका शिक्षकद्धारा रेडियो कर्णाली आवाज हुम्लामा तोडफोड

0

हुम्ला २६ जेठ ।

हुम्लामा रहेको रेडियो, रेडियो कर्णाली आवाज ९२.२ मेगाहर्जमा गएराती तोडफोड भएको छ । रेडियो नजिकै रहेको विद्यालय मान सरोबर माध्यामिक विद्यालयका शिक्षकहरुले मदिरा सेवन गरी रेडियोमा तोडफोड गरेका रेडियोका स्टेशन म्यानेजर नवराज महतराले जानकारी दिनुभयो । गएराती साढे ९ बजेतिर मदिरा सेवन गरी होहल्ला गर्दै रेडियोमा पुगेका शिक्षकहरुले तोडफोड गरेका महतराले बताउनुभयो । हल्ला गर्दै उनीहरु रेडियोमा पुगेपछि प्राविधिक कक्ष र स्टुडियो बन्द गरेकाले त्यहाँभने क्षति हुन नपाएको उहाँले बताउनुभयो ।

उनीहरुको आक्रमणबाट रेडियोका मुख्य प्राविधक तथा पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोरालाई टाउकोमा चोट लागेको महतराले जानकारी दिनुभयो । उनीहरुले समाचार कक्षमा रहेको कम्प्युटर, टेलिफोन, फ्याक्स, प्रिन्टर लगाएतका सामानमा तोडफोड गरेका छन् । घटनाका बारेमा खबर पाएपछि आएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र फेरि राती नै छोडिएको जानकारी पाएको स्टेशन म्यानेजर महतराले बताउनुभएको छ ।

Share.

Leave A Reply