राष्ट्रिसभाका लागि माओवादी नेताहरु लविङमा

0

काठमाडौँ, ३ माघ । राष्ट्रिय सभा चुनावको मिति नजिकिएसँगै प्रदेश ६ का माओवादी नेताहरुले उम्मेदवार बन्न लविङ थालेका छन् । एमाले र माओवादीको कार्यदलले भागवण्डा टुंग्ल्याउन बाँकी छ । तर, ८ मध्ये ३ सिट माओवादीले पाउने नेताहरुको दाबी छ । तीन सिटका लागि झन्डै एक दर्जन नेता अहिले दौडधुपमा छन् । राष्ट्रिसभा सदस्यका लागि जारकोटका मायाप्रसाद आचार्य, जाजरकोटकै कालीबहादुर मल्ल, कालीकोटका पूर्वडिभिजन सहायक कमाण्डर जीवन बुढा, डोल्पाका उर्मिला बिक, मुगुका मंगल शाही र सुर्खेतकी हरिमाया शर्मा र सल्यानकी टीका लविङमा लागेका हुन् । उनीहरु प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका आकांक्षी थिए । तर, केहीले टिकट पाएनन् भने केही समानुपातिकमा रहे पनि सांसद भएनन् । अहिले काठमाडौंमै बसेर पार्टी अध्यक्ष प्रचण्डदेखि पार्टी एकता संयोजन समितिका पदाधिकारीहरुलाई भेट्ने गरेका बताइएको छ ।

Share.

Leave A Reply