राष्ट्रिय स्तर बक्तृत्वकला प्रतियोगीताका लागि छनौट कार्यक्रम

0


सबिता तिवारी
गैंडाकोट, ८ मंसिर ।
युथ भिजन गु्रपसंगै लायन्स क्लब अफ बागेश्वरी गैंडाकोट सि.टि द्वारा आयोजित राष्ट्रिय स्तरको बक्तृत्वकला प्रतियोगिता चितवन तथा नवलपुर छनौट अडिसन सम्पन्न भएको छ । देशमा रहेका युवाहरुको बिचार बिर्मश बुझ्नका लागि देश भरीनै खुल्ला रुपमा अडिसन राखि राष्ट्रिय स्तरको बक्तृत्वकला प्रतियोगीताको आयोजना गरीएको हो ।
उक्तm प्रतियोगिता अन्र्तगत नवलपुर संगै चितवनलाइ समावेश गरी अडिसनको आयोजना गरीएको थियो । देशै भरी ठाँउ ठाँउमा अडिसन हुदै छ । अडिसनमा २१ जना सहभागी मध्य ११ जना छनौट भएका छन् । प्रतियोगीतामा प्रथम स्थानका लागि २५ हजार पुरस्कार द्वीतियलाइ १५ हजार र तृतियका लागि १० हजार पुरस्कारका साथै बिभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरीने छ ।
प्रतियोगीताको नवलपुर र चितवन अडिसनका निर्णयक मण्डलमा युथ भिजन गु्रपका म्यानेजर डाइरेक्टर छवी शर्मा र आमाले बोलाउनु भयो अभियानका संयोजक तथा परिकल्पनाकार बिनोद पौडेल रहनु भएको थियो । कार्यक्रमामा प्रतिस्पर्धि संगै बिभिन्न बिद्यालयका शिक्षकहरुको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण युथ भिजन गु्रप अफिस सेक्रेटरी श्रद्धा सुवेदीले गर्नु भएको थियो ।

Share.

Leave A Reply