राष्ट्रिय सुचना प्रविधी दिवश विविध कार्यक्रम गरि नवलपरासीमा मनाईयो

0

राजन खरेल,

गैँडाकोट, १९ वैशाख ।  कम्प्युटर एसोसिएसन नेपाल महासंघ नवलपरासी शाखाले विविध कार्यक्रम गरि राष्ट्रिय सुचना प्रविधि दिवश २०७५ मनाएको छ । नेपाल सरकार मन्त्रि परिषद्को निर्णय बमोजिम मे– २ अर्थात आज क्यान नवलपरासीले जिल्लाको बर्दघाट नगरपालिकामा छात्रवृत्ति वितरण तथा प्रभातफेरि कार्यक्रम गरेको हो ।

दिवशको पुर्वसन्ध्यामा क्यानका सदस्य, सुचना प्रविधि क्षेत्रका विधार्थी, कम्प्युटर व्यवसायी लगायत सुचना प्रविधिको क्षेत्रमा सरोकारवालाहरुको उपस्थितीमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिले बर्दघाट नगरपालिकाको राजमार्ग क्षेत्रलाई परिक्रममा गरेको हो । सुचना तथा संचार प्रविधीको विस्तार शुसासन र संमृद्धिको आधार भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रम गरिएको थियो । सो क्रममा सहभागिले हातमा प्ले कार्ड लिदैं र्यालीमा सहभागिता जनाएका थिए ।

यसैविच क्यान नवलपरासीकै आयोजनामा आज स्थानिय विधालयका २० जना विधार्थीलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले  विधार्थीलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो । दिगो विकासका लक्ष्यहरु सन् २०३० अन्र्तगतको गुणस्तरिय शिक्षा प्राप्तीका लागी विधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको क्यान नवलरासीका उपाध्यक्ष केशव राज भट्टराईले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले नेपालमा सुचना संचार प्रविधीको विकास दु्रत गतिमा अघि बढेको भन्दै यसलाई आत्मसाथ गर्दै संचार प्रविधीमैत्री बन्न सल्लाह दिनुभयो । विश्व नै एक विश्वग्राम को रुपमा अगाडी बढेको सन्दर्भमा सबै विधार्थी तथा सरोकारवाला सुचना र संचार प्रविधिको सहि प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । प्रविधीको विकासले गर्दा विश्वको एक कुनामा बसेर विश्व देख्न सकिने भन्दै यसको प्रयोगबाट सबै जना अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्यान नवलपरासीका अध्यक्ष युवराज डुम्रेले सुचना, संचार प्रविधीको विकास गर्न क्यानले यस क्षेत्रका सबै सरोकारवाला संग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा स्थानिय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधी ,शिक्षक, विधार्थी,  सुचना संचार क्षेत्रका सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।  विक्रम संबत १९९२ सालमा स्थापना भएको क्यान महासंघको हाल ५५ जिल्लामा शाखा रहेको छ ।

Share.

Leave A Reply