राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मौलाकालिका दर्शनका लागी आउँदै

0

कार्तिक ६ गैंडाकोट । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मौलाकालिका भगवतीको दर्शनका लागी आउँदै हुनुहुन्छ ।

बुधबार बिहान ८ बजे मौलाकालिका मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको धार्मीक सेवा समिति मौलाकालिका मन्दिरका सचिव सुरेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना मौलाकालिका डाडाँसम्म मोटर गाडीमा जानुहुनेछ । पुर्व पश्चिम राजमार्गको गैंडाकोट कालिगण्डकीचोकबाट उत्तरतर्फ कालिगण्डकी करिडोरबाट ढोडेनी हुदैं मौलाकालिकासम्म मोटर गाडीबाट सहजरुपमा जान सकिन्छ ।

उहाँलाई मन्दिरमा सम्मान गर्नुका साथै दशैं, तिहार छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान गरिने मन्दिरका सचिव सुरेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply