राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भ पारेर गैँडाकोट ९ मा वृक्षारोपण

0

प्रेम क्षेत्री, गैंडाकोट । “सफा सुुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियान” को ११ औँ श्रृंखला राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भ पारेर गैँडाकोट ९ मा सम्पन्न भएको छ ।

वडा नम्बर ९ थुम्सी स्थित हरी ओम सत्संघ साधना सदन भवन परिषरमा वृक्षारोपण गर्नुका साथै डस्बिन वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले युवाहरुले सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै वडाको पनि साथ र सहयोग रहने बताउनुभयो । अभियानका परिकल्पनाकार युवा समाजसेवी गणेश सापकोटाले अभियानमा नगरका युवाहरुको साथ र सहयोग निरन्तर रहेको जनाउँदै अभियान सफलताका साथ अघि वढिरहेको बताउनुभयो । सो अवसरमा पिताम्बर सापकोटा क, पिताम्बर सापकोटा ख, टंकप्रसाद सापकोटा, रिता कंडेल सापकोटाले डस्बिन सहयोग गर्नुभएको अभियानका सदस्य लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।

सो अवसरमा नगर कार्यपालिका सदस्य निरा दर्जी, वडा सदस्यहरु धामनाथ सापकोटा, भवानी वर्तौला, जयश्री टोल विकास संस्थाका अध्यक्ष ज्ञानप्रसाद खनाल, थुम्सी बजार टोल विकास संस्थाका अध्यक्ष कल्पना देवकोटा, बाँधखोला टोल विकास संस्थाका अध्यक्ष उत्तम बकावल, स्थानिय महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, युवा नगर सञ्जालका अध्यक्ष श्याम बन लगायतको उपस्थिती रहेको थियो ।

अभियानका परिकल्पनाकार युवा समाजसेवी गणेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम अभियानका सचिव कमल तिवारीले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply