राष्ट्रिय महिला अधिकार मञ्चको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखी गैंडाकोटमा शुरु

0


अनिता रानाभाट, गैंडाकोट । राष्ट्रिय महिला अधिकार मञ्चको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखी गैंडाकोटमा शुरु भएको छ ।

विजय विकास स्रोत केन्द्र गैंडाकोटमा शुरु भएको सम्मेलन भोलीसम्म चल्ने छ । ग्रामिण महिलाहरुको आवाज भेदभावमुक्त समाज भन्ने मुल मन्त्रका साथ शुरु भएको सम्मेलनले नयाँ कार्य समिति चयन गर्नेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रेरणा संस्थाकी अध्यक्ष विमला घिमीरेले सवै महिला एक ठाँउमा हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला अधिकार मञ्चकी कार्यबहाक अध्यक्ष विमला घिमिरेको अध्यक्षतामा भएको सम्मेलनमा १५० वढिको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी संस्थापक अध्यक्ष सरिता श्रेष्ठ, पुर्व केन्द्रिय अध्यक्ष पुष्पा केसी, रेनुका मल्ल, गैंडाकोट नगर कार्यपालिका सदस्य कुमारी रेखा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply